पर्यटन प्रवद्र्धनका लागि फिक्कलमा सडक महोत्सव सुरु

नयाँ बुलन्द

फिक्कल : पर्यटन प्रवद्र्धनका लागि इलामको सुर्योदय नगरपालिकास्थित फिक्कलमा चार दिने सडक महोत्सव विहीबार सुरु भएको छ । महोत्सवको उद्घाटन होटल एसोसिएसन १ नम्बर प्रदेश अध्यक्ष मनेन्द्र कट्वालले गरेका थिए ।

होटल व्यवसायी संघ सुर्योदय को आयोजनामा मेची राजमार्ग अन्तरगत फिक्कल सडकमा महोत्सव आयोजना गरिएको छ । भारतको सीमावर्ती क्षेत्रबाट ११ किलो मिटरमा रहेको फिक्कलमा भारतीय पर्यटकलाई लक्षित गरेर महोत्सव आयोजना गरेको आयोजक होटल व्यवसायी संघका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । महोत्सवमा स्थानीय स्तरमा उत्पादित चिया, दुग्ध, अचारका परिकारहरुका स्टलहरु राखिएका छन् । । महोत्सवका लागि ८० वटा स्टल बुक भएका छन् ।

महोत्सवले धार्मिक, सांस्कृतिक र आर्थिक विकास योगदान गर्ने आयोजक सुर्योदय होटल व्यवसायी संघका सचिव युवराज प्रधानले बताए । सुर्योदय नगरपालिका इलामको पूर्वी प्रवेशद्वार हो । सुर्योदय नगरपालिकाको पशुपतीनगरबाट हज्जारौं पर्यटकहरु नेपाल भित्रने गरेका छन् ।

महोत्सवमा नेपाल र भारतका एक लाख ५० हजार पर्यटक आउने आयोजकको दावी छ । दुई करोड बढिको कारोबार गर्नेलक्ष राखिएको महोत्सव सञ्चालनका लागि ३८ लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।

महोत्सवमा विभन्न साँस्कृतिक तथा खेलकुदका कार्यक्रम समेत सञ्चालन हुनेछन् । कार्यक्रममा गायक नविन के भट्टराई, ब्याण्ड गायीका इन्दिरा जोशी, आउट्साईडर्स व्याण्ड, धरान फिमेल ब्याण्ड, नेपाल आइडलका प्रतिस्पर्धीहरु, म्युजिक मेलोडी मिरीक सहितको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार