पाँचथर : फालेलुङ गाउपालिका– ६, का वडा सदस्य बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा वडा सदस्य कमल गुरुङ पक्राउ परेका हुन । मंसिरमा शारीरिक सम्बन्ध भएको र गर्भ बसेपछि मुद्धा गाउँमै मिलाउन खोजिएको भन्दै पीडितको उजुरी परेपछि पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङमाथि जबरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विज्ञान बस्नेतले बताए ।