हात्तीपाइले रोग विरुद्धको औषधि सेवन सम्बन्धी जिल्ला जनस्वास्थ्य कार्यालयको अनुरोध

हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भए पछि लाग्छ । क्यूलेक्स जातको संक्रमित पोथी लामखट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरु मानिसको शरिरमा प्रवेश गरे पछि यो रोग लाग्छ ।

जाडो भई ज्वरो आउनु, लिम्फनलीहरु सुनिन्नु, दुख्नु, गिर्खाहरुको आकार बढनु, दुख्नु, पुरुषमा हाईडृोसिल हुनु, महिलामा योनी र स्तन सुनिन्नु, खुट्टा सुनिएर ठुलो आकारको वा हात्तीपाईले हुनु, हात सुनिन्नु, पिसाव सेतो हुनु, लामो समय सम्म सुख्खा खोकी लागि रहनु, दम बढनु, रगतमा ईसिनोफिलको मात्रा बढनु हात्तीपाईले रोगको लक्षणहरु हुन् ।

धेरै जसो मानिसहरुमा लक्षणहरु नदेखिन सक्छन । वाहिर स्वस्थ्य देखिने तर यीनीहरुको रगत जाच गर्दा रगतमा यस रोगको परजिवी माइक्रोफाइलेरिया पाइन्छन । शरिर भित्रका अंगहरु जस्तै मृगौला विस्तारै खराव हुदै जान्छ । समयमा नै उपचार नभएमा रोग दीर्घ भै मृगौला खराव हुने, विभिन्न अंगहरु सुनिने, शारीरिक असमर्थ, कुरुप, अपाङ्ग हुने र यसवाट साधारण दैनिक कार्य गर्नमा समेत वाधा पर्न जाने, दैनिक आय आर्जनमा कमी आउने, आर्थिक समस्या थपिने, जसको कारणले जिवनभर सामाजिक, मानसिक तथा आर्थिक पछौटेपन गराउछ नेपालमा हात्तिपाइले रोग शताव्दिऔ (करिव ४ हजार वर्ष) देखी पाइएको पुरानो रोग हो ।

तथ्याङ्कको आधारमा नेपालको ६१ जिल्लाहरु यो रोगवाट प्रभावित छन् । जसमध्ये इलाम जिल्ला पनि एक हो । नेपालमा हात्तिपाइले रोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा स्थापित भै सकेको र भौगोलिक दृष्टिकोणले लामखुटे पाइने सवै जसो ठाउहरु जस्तै तराइ, पहाड, गाउ, शहर, वेसी आदिमा यो देखिएको छ ।

वैज्ञानिकहरुले विकास गरेको हात्तिपाइले रोगको उपचार तथा रोकथामको लागि सरल, उपयुक्त तथा प्रभावकारी उपचार विधीमा अल्वेन्डाजाृेल र डाइथाइल कार्वामाइजिन दुवै प्रकारको औषधी यो रोगवाट प्रभावित जिल्लाहरुमा वसोवास गर्ने गर्भवती, सात दिन भित्रका सुत्केरी महिला तथा सिकिस्त विरामी वाहेक दुइ वर्ष भन्दा माथिका सवै मानिसहरुले वर्षको एक पटक एक मात्रा खानु पर्ने हुन्छ ।

एक वर्षमा खाएको एक मात्रा औषधी सेवनवाट सोही वर्षका लागि मात्र यो रोग हुनवाट वचाउछ । यी औषधीहरु वर्षको एक पटक ६ वर्ष लगातार आम औषधी सेवन कार्यक्रमको समयमा सेवन गरेमा मानव शरीरमा रहेका यस रोगका परजिवीहरु नष्ट हुन्छन र रोग सर्ने प्रक्रियामा कमी आउछ र जसको फलस्वारुप जनस्वास्थ्य समस्याको रुपमा रहेको यो रोगलाइ निवारण गर्न सकिन्छ । यसरी प्रत्येक घर परिवारका सदस्यले वर्षको एक एक पटक ६ वर्ष सम्म यी औषधी सेवन गरेपछि यो रोग निवारण चरणमा पुग्ने र आउने सन्ततिहरु यस रोग हुनवाट सधैको लागि सुरक्षित हुन्छन । लक्षण देखिएका र वाहिर लक्षण नदेखिएका तर शरीर भित्र यो रोगको परजिवी भएका मानिसहरुमा यी औषधी सेवन वाट शरीर भित्र रहेका परजिवी नष्ट भै रोग अरु छिप्पिने र अपाङ्ग हुनवाट वच्ने हुन्छ र रोगको लक्षण विकास हुन पाउदैन ।

त्यसर्थ यी औषधीहरुको सेवनले हात्तिपाइले रोगको उपचार तथा रोकथाम समेत हुने भएकोले सम्पूण इलाम बासीहरुलाई यहि फागुन १२, १३ र १४ गते अभियानको क्रममा यी अल्वेन्डाजोल र डाइथाइकार्वमाजिन दुइ प्रकारको औषधी सेवन गुर्न भै हात्तीपाइले रोग निवारण कार्यमा सहयोग गरी दिनु हुन जिल्ला जनस्वास्थ्य कार्यालाय इलामले हार्दिक अनुरोध गर्दछ ।

                                               जिल्ला जनस्वास्थ्य कार्यालय, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार