लिम्बु विद्यार्थी मञ्‍चकाे अधिवेशन माघ तेस्रो साता

नयाँ बुलन्द

इलाम : लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति इलामकाे एेतिहासिक तेस्राे जिल्ला अधिवेशन अागामी माघ १९ र २० गते इलाम सदरमुकाममा सम्पन्न हुने भएकाे छ । जिल्ला अधिवेशन अायाेजक समितिकाे बुधबार बसेकाे वैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे ।

अधिवेशन छिटै गर्नु पर्ने तर विभिन्न कारणले गर्दा अधिवेशन लम्बिएकाे अायाेजक समितिका संयाेजक शिव थेगिमले जानकारी दिए । पाैष १५ गतेदेखी अधिकांश क्याम्पस तथा माविमा जाडाे विदा हुने भएकाे कारण विद्यार्थीहरुकाे प्रतिकुलताले गर्दा अधिवेशन १ महिना टाढा लम्बिएकाे हाे । जाडाे विदालार्इ प्राथमिकतामा राखि मञ्चले अाफ्नाे शाखा कार्यसमितिकाे गठन तथा पुनर्गठन गर्ने साथै प्रतिनिधि छनाेट गर्नेछ ।

त्यस्तै मञ्चले अायाेजक समितिलार्इ बलियाे बनाउन १५ जना थप अायाेजक समिति सदस्य थप पनि गरेका छन् । मञ्चकाे अधिवेशन भव्यताकासाथ सम्पन्न गर्नकाे लागि लिम्बु विद्यार्थी मञ्चसँग कुनै कुनै हिसावले अावद्ध लिम्बु विद्यार्थी तथा सहयाेगी, शुभेच्छुक, अाश्थावान् विद्यार्थीहरुलार्इ भुगाेल समेतकाे अाधारमा मनाेनयन गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार