जलेश्वर धार्मिक स्थलमा बालाचर्तुदर्शी अवसरमा पाठपूजा

चेतन आङथुपो

चुलाचुली : चुलाचुली गाउँपालिका-३ स्थित रहेकाे जलेश्वर तथा  झांक्रेश्वर मन्दिर व्यवस्थापन समितिले अाज मंसिर १ गते बालाचर्तुदर्शी अवसरमा सतविपलविकाे पाठपूजा कार्यक्रम सम्पन गरेका छन् ।

मठपूजाथ गर्न तयारी रहेका पुजारीले भने,’देउताकाे पाला  देखि गर्दै अाएकाे कर्म भएकै कारण हामी मनुष्य पनि देवताकै साकसन्तान भएकाले चर्तुदर्शिकाे दिन सतविकलवि (सृष्टिकालमा सात किसिमकाे विउविजन) छर्न दिन रहेकाले अाज विशेष शिवकाे पूजा गरि याे दिन मनाइन्छ ।’

२०२४ सालमा स्थापना भएको महादेव मन्दिरकाे ५० अाैं बर्षपछि पुन दिनेश कुमार फ्याककाे अध्यक्षमा ९ जनाकाे तर्दथ संरक्षण तथा व्यसस्थापन समितिले एक बर्षअघि भने “जलेश्वर तथा झांक्रेश्वर मन्दिर” नाममा दर्ता गरेका छन ।

मन्दिर समितिका सचिव दिलिप कुमार राईले भने,’गत सालकाे देउसी भैलाे कार्यक्रमबाट चन्दा संकलन गरेर मन्दिरलाई वैधानिक बनाईयाे, तर अझै भाैतिक संरचना िनमार्ण पक्षकाे व्यवस्थापन गर्नलाई यसपटक पनि देउसे चन्दा संकलन गरेकाछाैं, त्यस्मा गाउँपालिका निकायले २५ हजार बजेट निकास गरिएको छ।’ समितिकाे निष्क्रियले  मन्दिर बीच समयमा धेरै जिर्ण हुन पुगेकाले पुनः  संरक्षण र व्यवस्थापन साथै ५० अाैं बर्ष पुगेकाे अवसरमा स्मारिका पुस्तक प्रकाशन समेत गर्न याेजना रकेका समितिले जानकारी गराएका छन ।

भक्तजन भेला तथा पूजापाठ कार्यक्रम  मन्दिर व्यवस्थापन अध्यक्ष दिनेश कुमार फ्याककाे संयाेजकत्वमा  सम्पन भएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार