नयाँ बुलन्द
पाँचथर : पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकता पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा फाल्गुनन्द ३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ ३ अमरपूरका डिल्लिराम कटुवाल रहेको प्रहरीले जनाएको छ । आसन्न निर्वाचनलाई लक्षित गरी विप्लव समूहले गर्न सक्ने सन्धिग्ध गतिविधि नियन्त्रण गर्न उनिहरुलाई पक्राउ गरीएको वताइन्छ ।
उनिहरु मध्ये नेम्वाङलाई पौवा भञ्ज्याङ प्रहरीले वुधवार विहान पक्राउ गरेको हो भने अर्का कटुवाललाई यस अगाडि नै केहि सार्वजनिक अपराध मुध्दामा पक्राउ गरी म्याद थप गरी कानुनि प्रकृया सुरु गरेको प्रहरीले जनाएको छ ।
स्थानिय निर्वानको पूर्व सन्ध्यामा पनि पाँचथर प्रहरीले ४ जना कार्यकर्ताहरुलाइ पक्राउ गरी निर्वाचन पछि छाडेको थियो ।

























































