निर्देशकद्वय नवीन सुब्बा र प्रकाश आङ्देम्बे कोरियामा सम्मानित

नयाँ बुलन्द

दक्षिण कोरिया : बरिष्ठ चलचित्र निर्देशक नबिन सुब्बा र साहित्यकार एवम् निर्देशक प्रकाश आङ्देम्बेलाई किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले समान गरेको छ । कोरियाको बुसान शहरमा भएको बुसान अन्तरराष्ट्रीय चलचित्र फेस्टिभल (बीआइएफइ) को २२ औं कार्यक्रम अवसरमा नेपालबाट सहभागी भएका निर्देशकद्वय सुब्बा बङदेम्बेलाई सम्मान गरेको हो ।

नेपालको संस्कार, संस्कृति वा आफ्नो मौलिक अनुहार चलचित्रको पर्दामार्फत बिम्बित गराई सिंगो चलचित्र क्षेत्रमा योगदान पुर्‍याउँदै सिङ्गो याक्थुङ समुदायलाई विश्व सामु चिनाउन सफल भएको भन्दै उनीहरुलाई सम्मान गरेको जनाइएको छ ।

कोरियाको आन्सान अवस्थित सगरमाथा रेस्टुरेन्टमा समान कार्यक्रम गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तानको प्रमुख आतिथ्य र कियाचु दक्षिण कोरियाका अध्यक्ष सुन्दरदिप आङ्देम्बेले सयुक्त रुपमा समानपत्र हस्तान्तरण गरेका थिए ।

सम्मान पछि आफ्नो मन्तव्य राख्ने क्रममा निर्देशक सुब्बाले नेपाली चलचित्र क्षेत्र नयाँ धारतिर उन्मुख हुँदै गर्दा विभिन्न जातजाती, भेषभुषा, परम्परा, रितिरिवाज संस्कृती बोकेको देश हुने हुँदा सबै खालको चलचित्र निर्माण गर्न बिर्सुनु नहुने जिकिर गर्दै यहि सोचका साथ समाजको कथा अनि आफ्नै संस्कृती झाल्किने नेपालीपन बोकेको चलचित्र “नुमाफुङ” बनाएको बताए ।

त्यसै गरी अर्का निर्देशक प्रकाश आङ्देम्बेले नेपाली चलिचित्र नेपालीहरुको विविधता, नेपालीपन झल्किने नेपाली चलचित्र बनाउँदा नचल्ने स्पष्ट पार्दै दु:ख व्यक्त गरेका थिए । उक्त समान कार्यक्रममा प्रमुख अतिथी मोक्तान, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष मोहन जबेगु, चुम्लुङका संरक्षक गणेश मेन्याङ्बो र चुम्लुङ कोरियाका निबर्तमान अध्यक्ष सन्तोष मादेनले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम उपाध्यक्ष गजेन्द्र सेर्माले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार