एकल जातीय देशमा जातिवाद शून्य हुन्छ तर बहुजातीय देशमा आफ्नो जातीलाई अथवा आफ्नो जातको सिद्धान्तलाई मात्र सर्बश्रेष्ठ मान्नु जातिवाद भनिन्छ । यो एक कुप्रथा हो, एक सम्स्या हो र एक अभिषाप पनि हो। जुन प्रथा प्राचीन कालदेखी भारत हुँदै नेपाल प्रवेश गरेको पाइन्छ र हिन्दु धर्मसँग व्यवहारिक रुपमा जोडिएको पाइन्छ यस्को उत्पत्ती र अस्तित्व नेपाल र भारतमा सामान्य मानिन्छ ।
जाती प्रथा धेरै हदसम्म पश्चिमी आवरण जस्तो देखिन्छ । जहाँ मानिसलाइ जन्मको आधारमा मतभेद गरिन्छ । जस्तै : ब्यक्ति को सामाजिक स्थर र उस्को जातको आधारमा परिभाषित गरिन्छ मानिसको जन्महुने बित्तिकै उ छुत हो कि अछुत हो भनेर निश्चित गरिन्छ । यो आफैमा लाज मर्दोकुरा हो । हाम्रो समाज २१ औ शताब्दीको आधुनीक रफ्तार मा चलिरहेको छ मानव समाज वैज्ञानिक दृश्टिकोणले धेरै अघि बढीसकेको छ मानिसहरुले मङ्गल ग्रहमा जाने आउने र समुन्द्र मुनी घर बनाउने सम्म पुगिसकेको मानव समाज भित्र हाम्रो नेपाली समाज अझैपनी भेदभाव पुर्ण जातिप्रथा जस्तो प्राचीन ब्यबस्था मा बिश्वास गर्छ यो भन्दा लाजमर्दो कुरा अरु के नै हुन सक्छ र ?
हाम्रो देश नेपालमा पृथ्वीनारायण शाहले ४ जात ३६ वर्णको फुलबारी नेपाल भनेका थिए तर चार जात छत्तीस बर्णमा को को परे त ? [१] ब्राह्मण [२] क्षेत्री [३] वैश्य र [४] शुद्र । क्षेत्री भनेको आर्य खस क्षेत्री, ब्राह्मण भनेको बाहुन, वैश्य भनेको हिन्दु धर्मको जातिय ब्यबस्था अनुसार वर्णाश्रमको तेस्रो महत्वपूर्ण अङ्ग मानिन्छ । यो वर्गमा किसान, पसुपालक र व्यापारीलाई मानिन्छ । शुद्र हिन्दु जातिय व्यवस्था अनुसार दलितलाई मानिन्छ । ३६ वर्ण माथी उल्लेखित ४ जात भित्रका वर्णहरुलाई मानिन्छ ।
पृथ्वीनारायण साहाले हिन्दु जातिय व्यवस्था अनुसार भनेको चार जात छत्तीस वर्ण प्रमाण सहित हेर्ने हो भने नेपाल का गैर हिन्दु र आदिवासी जनजाति लगायत अन्यजातिहरु जातिवादी सिद्धान्तको चरम शोषण र भेदभावमा परेको स्पष्ट देखिन्छ । किनकि हाम्रो देश नेपाल बहुजातीय देश हो। जस्तै [१] क्षेत्री [२] ब्राह्मण [३] लिम्बु [४] राई [५] तामाङ [६] गुरुङ [७] मगर [८] नेवार [९] सेर्पा [१०] भुजेल [११] थारु [१२] लेप्चा लगायत करिब १२५ जात जातीहरुको फुलबारी नेपाल आफैमा बहुजातिय बहुधार्मिक देश हो। त्यसैले चार जात छत्तीस बर्णको फुलबारी नेपाल भन्दा अरुजातिहरु प्रत्यक्षरुपमा जातिवादको चरम विभेद मा परेको देखिन्छ ।
जातिवादको सिद्धान्त । मानिसको जन्म हुनसाथ जुन बालकलाइ थाहा हुँदैन मानव समाज के हो भनेर तर उस्को जन्म हुनेबित्तिकै उसलाई अछुत अथवा दलित को बिल्ला भिराइन्छ र बहुजातीय देशमा एक वा दुई जातिलाई मात्र सर्बश्रेष्ठ मान्ने गरिन्छ गरिएको छ यो सिद्धान्तलाई नै जातिवाद भनिन्छ ।