अखिलेश यादव
रौतहट : रौतहट जिल्लामा संघीय सामाजवादी फोरमका उम्मेदवारहरुले आआफ्नो क्षेत्रमा घरदैलो जारी राखेका छन् ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रौतहटका उम्मेदवारहरुले घरदैलोमा सक्रियता बढाएका हुन । संघीय सामाजवादी फोरमले रौतहटको १३ वाट स्थानीय तहमा आफ्नो उम्मेदवारको टुंगो लगाइएसकेको फोरमका केन्द्रिय सदस्य बिन्देशवर राय यादवले बताए ।
रौतहटको १८ वाट स्थानीय तह मध्य ८ वाट स्थानीय तहमा राजपाको जित हुने राजपा रौतहटले दावी गरेको छ । ६ स्थानीय तहमा संघीय सामाजवादी फोरमले आफ्नो दावी गरेको छ ।