माईजाेगमाईकाे बजेट २४ करोड ५१ लाख

नरेन इलामेली

माइजाेगमाई : माइजोगमाई गाउँपालिकाको पहिलो बैठक सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष जितबहादुर राईको अध्यक्षता तथा सुर्याेदय नगरपालिकाका मेयर आरबी राईको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ को कुल बजेट प्रस्तुत गरिएको थियो ।

१४ करोड ५१ लाख ४७ हजार दुई सय ५० कुल बजेटबाट चालु खर्चतर्फ ११ करोड ७८ लाख ६७ हजार २५० विनियोजन गरिएको छ । पूँजीगततर्फ १२ करोड ७२ लाख ८० हजार विनियोजन गरिएको छ ।

२०६८ सालको जनगणना अनुसार माइजोगमाई गाउँपालिकाको कुल जनसङ्ख्या २१ हजार ४४ रहेको छ । नयाँबजार, जोगमाई, सोयाङ, नामसालिङ र प्याङ गरि साबिकका ५ वटा गाविसहरु मिलेर माइजोगमाई गाउँपालिका बनेको हो ।

कार्यक्रममा आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत, बजेट वक्तव्य सार्वजनिक गरिएको थियो । साथै आर्थिक ऐन, आचारसंहिता, विनिमय ऐन समेत सर्वसम्मत रुपमा पारित गरिएको हो । माइजोगमाई गाउँपालिकाका कार्यकारी अधिकृत तोपलाल भुसालले संचालन गरेका कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष राईले जनतासँग प्रत्यक्ष रुपमा जोडिएका काम तथा विकासका पूर्वाधारलाई प्राथमिकतामा राखी जनतालाई महसुस हुनेगरि काम गर्ने र त्यसका लागि क्रियाशील राजनैतिक दलहरु, नागरिक समाज, संचारकर्मी तथा स्मपूर्ण माइजोगमाई गाउँपालिकावासीको सहयोग अपरिहार्य रहेको बताए ।

माइजोगमाई गाउँपालिकालाई नमुना गाउँपालिकाका बनाउन आफ्नो कार्यकाल भरी सम्पूर्ण तवरले लागिपर्ने र कार्यालयबाट पनि सरल सहज र छिटो छरितो रुपमा कार्य सम्पादन गर्न कर्मचारीहरुलाई समेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार