अपाङ्ग व्यक्तिलाइ सहयोग गर्न तिज विशेष कार्यक्रम

image

इलाम : इलाम  सेवा समाज कतारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कतारमा तिज विशेष सांस्कृतिक कार्यक्रम २०१७ को आयोजना गर्ने भएको छ ।

समाजले नेपालि हिन्दु नारीहरुको महान चाड तिजको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले यहि श्रावण २७ गते (११ अगष्ट) शुक्रबारका दिन  कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

‘अनाथ तथा अपाङ्गता भएका व्यत्तिहरुको सहारा , हामि सबैको दायित्व तथा अभिारा’ भन्ने मुल नाराका साथ आयोजना गरिन लागेको कार्यक्रमा ‘धनले होइन मनले मनाऔ तिज’ नामक चेतना मुलक नाटक सहित वृहत सांस्कृतीक कार्यक्रमको आयोजना गरिने संस्थाले जानाएको छ ।

आयोजकका ज्ञानेन्द्र रसाइलीका अनुसार कतार राजदुतावास कतारको प्रमुख आतिथ्यतामा दोहा कतार स्थित गार्डेन भिलेज रेष्टुरेण्ड हुने कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक एवम् रेडियो नेपालका उपनिर्देशक टिका भण्डारीको बिशेष प्रस्तुति रहने छ । कार्यक्रममा नेपालकी चर्चित गायिका झुमा निरौला , इलामेली गिटारीष्ट जुयल परियाद्वारा दाँतले गिटार बजाएर प्रस्तुति दिइने छ ।

यस्तै  रंगकर्मी ज्ञानेन्द्र रसाईलीको लेखन तथा निर्देशनमा रहेको नाटक धनले हैन मनले मनाऔँ तिज को प्रस्तुति , इलामेली गायक दिपचन दियालीको गायन प्रस्तुति , लोकदोहोरी गायक रेशम बस्नेत , गायिका सुनिता परियार तथा गायक दिनेश योङ्गहाङ्गको प्रस्तुति रहनेछ । कार्यक्रममा लिना आचार्यको एकल तथा सामुहिक नृत्य, विभिन्न लोक दोहोरी नृत्यहरु साथै अन्य कार्यक्रमहरु पनि रहेको रसाईलीले जानकारी दिए ।

कार्यक्रमबाट संकलन भएको रकम जिल्लामा छरिएर रहेका अंपाग व्यक्तिहरुलाई सहयोग गरिने जानकारी गराईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार