फाकफोकथुम गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

नयाँ बुलन्द

आमचोक : इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार श्रेष्ठ १६४ मतले विजयी भएका छन् । ४१४२ मत प्राप्त गरी श्रेष्ठ विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका एमालेका दिपेन्द्र खनालले ३९७८ मत ल्याए ।

यता उपाध्यक्षमा भने नेकपा एमालेकी सरस्वती राई (सरु) विजयी भएका छन् । उनले ४२४१ मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिष्पर्धी कांग्रेसकी डालाकुमारी बिष्टले ३९८३ मत मात्र ल्याइन् ।

विजयी वडा अध्यक्षहरू :

वडा नम्बर १ मा टेकबीर लिम्बूले (नेपाली कांग्रेस) ६४९ मत

वडा नम्बर २ मा यामबहादुर पौडेल खत्री (नेपाली कांग्रेस) ५३७ मत

वडा नम्बर ५ मा सिद्धमान आले (नेकपा एमाले) ४१३ मत

वडा नम्बर ६ मा डिकबहादुर थापा (नेपाली कांग्रेस) ४४६ मत

वडा नम्बर ७ मा लोकबहादुर थापा गोदार (नेकपा एमाले)

वडा नम्बर ४ मा हरीप्रसाद दंगाली (नेकपा एमाले) ८७५ मत

वडा नम्बर ३  मा  राजन पौडेलले ७०७ मत (नेकपा एमाले)

जिल्लाको २ नगरपालिका र ५ गाउँपालिकाको नजिता यसअघि नै आइसकेको थियो । सुर्योदय र माइ नगरपालिकाको मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार