कन्काई बैङ्कको शाखा बिब्ल्याँटेमा

बिब्ल्याँटे : इलामको बिब्ल्याँटेका कन्काई विकास बैङ्कको शाखा आइतबार एक कार्यक्रम विच उद्घाटन गरिएको छ ।

बैङकका अध्यक्ष सेवक दाहालले शाखाको उद्घाटन गरेका हुन् ।

शाखाको उद्घाटन गर्दै अध्यक्ष दाहालले ब्यापारिक क्षेत्रमा नै शाखा खोलिएकाले बैङ्किङ कारोबारमा ब्यापारी तथा स्थानियले अव झन्झट भोग्नु नपर्ने धारणा राखेका थिए । उनले बैङ्कलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्दै आम मानिसको बैङ्किङ कारोबारको साथी बन्ने वताएका थिए ।

इलाम, भापा र मोरङमा कार्य क्षेत्र बनाएर बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङकको मुख्य कार्यालय दमकमा रहेको छ । यस बैङ्कको जिल्लाको मंगलबारे र राँकेमा समेत शाखा बिस्तार भइसकेका छन् ।

कार्यक्रममा जिल्लाका उद्योगी, ब्यापारी, ब्यवसायी, सञ्चारकर्मी लगायत स्थानियको समेत उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार