सगरमाथा फाइनान्सको १३ औँ शाखा इलाममा

नयाँ बुलन्द

इलाम : सगरमाथा फाइनान्स लिमिटेडको शाखा इलाम सदरमुकाममा आइतबार उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी डाक्टर नवलकिशोर राई, कार्यकारी निर्देशक अशोक बुढाथोकी र सञ्चालक शरणदेवले १३ ‍औं शाखाका रुपमा लिमिटेडको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कार्यकारी दिर्नेशक बुढाथोकीले इलाममा पर्यटन, कृषि र जलविद्युतमा लगानी वढाउने उदेश्यले शाखाको स्थापना गरिएको जानकारी दिए । विस २०६२ सालमा काठमाण्डौमा स्थापना भएको सो लिमिटेड नेपाल राष्ट्रिय बैङ्कबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था हो ।

अवको केहि महिना भित्रमा नै यस फाइनान्स कम्पनी बैङ्कमा परिणत हुन लागेको कार्यकारी निर्देशक बुढाथोकीले जानकारी दिए ।तीन अरव भन्दा माथी संकलित पुँजी रहेको सो फाइनान्सले दुर्इ अरव माथी कर्जा लगानी गरेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा युद्धप्रसाद बैद्य, संचारकर्मी धर्म गौतम, सोम सुशेली, मरब क्याम्पस इलामका केशरबहादुर राई लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सञ्चालक शरणदेव राईको अध्यक्षता तथा नवलकिशोर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले फाइनान्स कम्पनी बैङ्कमा परिणत हुन लागेकोमा खुसी ब्यक्त गर्दै आर्थीक कारोबारमा जनताको असली साथी बन्न सकोस भन्दै शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार