प्रेमबहादुर ११ महिनादेखि साउदी प्रहरीको हिरासतमा

 रोशन मेवाहाङ्ग 
लण्डन : रोजगारकालागि साउदी पुगेका इलाम दानाबारी–३ शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई ११ महिनादेखि प्रहरी हिरासतमा  जीवन बिताईरहेका छन्।
कम्पनीको मालबाहक ट्रक चोरी भएपनि केहि दिनपछि खाली ट्रक भेटिन्दा साउदी अरबको रियादमा प्रहरीले प्रेम बहादुरलाई लामो समय देखी हिरासतमा पुर्याएको उनका दाजु चक्रले बताए ।
हिरासतबाट मुक्त गर्न नेपाली दूतावास साउदी अरबमा निरन्तर उजुरी दिएपनि आज सम्म प्रेमलाई दूतावासले केहि सहयोग नगरेको भन्दै उनले भने-‘जेल समेत नलगी अत्यन्तै पिडादायी अवस्थामा लामो समय देखी हिरासतमै राखिरहेका कारण नेपाल सरकारले पहल गरीदिन अनुरोध गर्दै एचकेनेपाल डट कमका संवाददातालाई जानकारी गराएका छन् ।
घटनाको परिपेक्ष र आफ्नो भाईले भोगेको पिडा , परिवार र आफन्तहरुले भोगेका छटपटीका बारेमा चक्रबहादुरले भने” भाईलाई साउदी अरबको अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो। तर उक्त अबधी सकिए पछी घर फर्कने बेलामा कम्पनीले भाईको पासपोर्ट नदिएर उल्टो मुद्दा लगाइ हिरासतमा राखेर ३ लाख १० हजार रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको अवस्थामा नेपाली दुताबास साउदी अरबले कम्पनीसंग कुरा गरी उनको रिहाइको लागि आबश्यक सहयोग गरेन।
कुवेतबाट दैनिक फोन गर्दापनि नेपाली दुताबासका कर्मचारी कहिले कसलाई त कहिले कसलाई कल गर्नुस भन्छन्।कुवेतमा कमाएको पैसा पनि फोनमै सकियो तर भाईको अवस्था अझै अत्यन्तै पिडादायी बनिरहेको छ । एक पटक हिरासत पुगेको प्रेमले बताए पनि ति दूतावासका कर्मचारीहरुले प्रेमलाईभाई भेट समेत नगरी उनको थप मुद्दाको कागजात बुझेर बाहिरबाटै फर्किएको उनले जानकारी दिए ।
गैर आवासीय नेपाली र रोजगारीमा विदेश रहेका नेपाली जनतालाई दूतावासले सहयोग नगर्ने हो भने केका लागि राजदूत नियुक्ति ? के दुतावास नेताहरु विदेश भ्रमणमा रहदा बास बस्ने धर्मशाला मात्रा हो त ?
पाँच वर्षअघि क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट रियादको अल सहलावी होल्डिङ कम्पनीमा गाडी (लहरी) चालकको रुपमा प्रेमबहादुर साउदी अरब गएका थिए। दुई वर्षअघि घर आएका उनी २०१६ को जनावरी १ तारिक साउदी फर्किएका थिए। २०१६ अप्रिल ३ मा लहरीले बोकेको केबल(तार) चोरी भएपछि प्रेमबहादुर पक्राउ परेका थिए।
नेपाली दूतावासले पहल नगरेले प्रेमबहादुर हिरासतमै रहेको बताउदै चक्रबहादुरले भने रिहाइका लागि पहल गरिदिन साउदीस्थित नेपाली दूतावासमा बारम्बार सम्पर्क गरेपनि, अहिलेसम्म उनको कागजात लैजानेबाहेक केही सहयोग हुन सकेन।‘दूतावास प्रमुख आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा उनीहरूले एकअर्कालाई सम्पर्क गर्नु भन्ने गरेका छन्, यती लामो समय भइसक्यो अहिलेसम्म पहल नहुँदा भाइ हिरासतमै बस्न बाध्य छ।चक्रबहादुरले भने, ‘सरकारले कुनै पहल गरिदियोस, प्रचण्ड नेतृत्वको सरकारले त धेरै जेल र हिरासतमा परेकालाई स्वदेश फर्कायो रे मेरो भाइलाई पनि फर्काइदियोस्।’ दूतावासका कर्मचारी र मेनपावर अहिलेसम्म कम्पनीसँग सम्पर्कमा समेत गएका छैनन्।
दूतावास र मेनपावर काठमाण्डौबाट सहयोग मिल्नु पर्ने तर मानसिक तनाब दिईरहेका उनका दाजु चक्रले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार