सनराइज बैंकको इलाम शाखा नयाँ ठाँउमा

नयाँ बुलन्द

इलाम : सनराइज बैंक लिमिटेडले इलाम शाखालाई  नयाँ स्थानमा सारेको छ । हाल शाखा भैरहेको स्थानबाट अझै बढी पायक पर्ने ठाँउमा सारिएको बैंकले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

इलाम शाखा कार्यालयको उद्घाटन सोमबार बैंकका नायव महाप्रबन्धक रविन नेपाल र इलामका जिल्लाका प्रमुख जिल्ला अधिकारी जनक राज दाहालले गरे ।

नयाँ स्थानमा ग्राहकहरुलाई लकर  सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा अागामी माघ १७ गते देखि फागुन १७ गतेसम्म लकर सेवाको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको जनाएको छ ।

हाल सनराइज बैंकले देशभर ६७ वटा शाखा र ७२ वटा एटिएमबाट सेवा दिँदै अाएको छ ।  यस्तै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भि.एल.एन. उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार