रूसी सैनिकको विमान दुर्घटना हुँदा ९२ काे मृत्यु

तस्बिर : एएफपी

बिबिसी : ९२ जना यात्रुसहित सिरिया तर्फ गइरहेकाे रूसी सेना विमान आइतबार दुर्घटना हुँदा त्यसमा सवार सबैजना मृत्यु भएकाे छ । उक्त विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ । सोचीको राडरबाट विमान २० मिनेट मै सम्पर्कविहीन भएको थियो । रक्षा मन्त्रालयका अनुसार तु–१५४ विमानमा कामदार, सेनाका पदाधिकारी र केही पत्रकार थिए ।

विमान सिरियाली क्षेत्रका लागि उडेको थियो । मस्कोबाट उडेको विमान इन्धन हाल्नका लागि सोचीको विमानस्थलमा अवतरण गरिएको थियो । र, त्यहाँबाट आफ्नो गन्तव्यतर्फ उडेको हो । दुर्घटनाबाट विमानमा सवार यात्रुहरूको अवस्थाबारे भने जानकारी आइसकेको छैन ।

विमानमा रुसकाे प्रख्यात सैनिक ब्यान्ड एलेक्सान्ड्राेभ एसेम्बलका ६४ जना लगायत ९ जना पत्रकार, ८ सैनिक, २ सरकारी कर्मचारी र ८ चलकदलका सदस्य रहेका थिए । सैनिक ब्याण्डले नयाँ वर्षकाे अवसरका सिरियास्थित लतिका एयर बेसमा रहेका रुसी सेनाका लागि कार्यक्रम गर्न त्यस तर्फ जाँदै थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार