सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए


पेरिस : सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ ।

यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन्, भने अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौ जना र इराकमा पाँचजना भएका विश्व सञ्चार स्वतन्त्रता समूह (पे्रस फ्रिड्म ग्रुप) ले जानकारी दिएको छ । मारिएका पत्रकार प्रायःजसो स्थानीय नै भएका बताइएको छ ।

सन् २०१५ मा ६७ जना पत्रकार मारिएका तुलनामा भने २०१६ मा यो सङ्ख्या केही कम भएको पनि सो समूहले जानकारी दिएको छ । विशेषगरी सिरिया, इराक, लिबिया, यमन, अफगानिस्तान र बुरुन्डी जस्ता सदाकाल युद्धग्रस्त र समाचार सङ्कलन गर्नका लागि अत्यन्तै जोखिमयुक्त देशमा गएका पत्रकार त्यहाँबाट पलायन भएका हुनाले पनि यो सङ्ख्यामा कमी आएको सो समूहले बताएको छ ।

त्यस्तै आठजना सञ्चारकर्मी र नौजना इन्टरनेट सूचना समसामयिकिकरण गर्ने व्यवसायी (ब्लगर) हरु पनि सन् २०१५ मै मारिएका छन् ।

“जहाँ दण्डहिनताले राज्य गरिरहेको हुन्छ, त्यहाँबाट पत्रकारहरु फिर्ता हुनुपर्छ र त्यहीँ नै सत्य समाचार र सूचनामाथि काला छिद्रहरु छरपष्ट भइरहेका हुन्छन्” रिपोर्टर्स् बिदाउट बोर्डर्सले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

अफगानिस्तानमा मारिएका १० पत्रकार उनको व्यवसायलाई लक्षित गरी मारिएका थिए । सन् २०१६ को जनवरीमा निजी टेलिभिजन च्यानल टोलोले भाडामा लिई प्रयोग गरेको मिनी बसमा आत्मघाती आक्रमणमा तीन महिलासहित सात व्यक्ति मारिएका थिए । यस आक्रमणको जिम्मेवारी तालिवान आतङ्ककारी समूहले लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार