लेबनान अदालतद्वारा रोजमायालाई डिपोर्ट नगर्न आदेश

होम कार्की : लेबनान अदालतले घरेलु कामदार रोजमाया लिम्बुलाई दुईसातासम्म डिपोर्ट नगर्न सुरक्षा महानिर्देशनालयको कार्यालयलाई आदेश दिएको छ ।

लेबनान प्रहरीले घरेलु कामदारको हैसियतमा भएका रोजमायाले ‘अधिकारकर्मी’ को भूमिका खेलेको र हाउसमेडलाई भगाएको भन्दै आरोप लगाई पक्राउ गरी नेपाल पठाउन लागेको थियो । उनीभन्दा तीन दिनअघि पक्राउ गरिएको काठमाडौंकी सुशीला (सुजना) रानालाई  डिपोर्ट गरी नेपाल पठाइसकेको छ ।
धरानकी रोजमाया आबद्ध लेबनानको राष्ट्रिय ट्ेरड युनियन महासंघ (फेनासोल)ले डिपोर्ट रोकी पाउँ भन्दै अदालतमा मुद्दा तयार गरेको थियो ।  रोजमाया १४ वर्षदेखि लेबनानमा कार्यरत थिइन् ।

रोजमायाले आफूहरुलाई लेबनानी नागरीक जर्ज अबु जैइदले प्रहरीमा उजुरी दिएको आरोप लगाएका छन् । ‘जर्ज नेपालको लागि अबैतानिक महाबाणिज्य दूत बन्ने प्रयासमा थिए । उनको विरोध गर्दा हामीलाई मुद्दा दयार गरिएको हो,’ उनीले लेखेको पत्रमा उल्लेख छ ।

तीन दशकसम्म अबैतनिक महाबाणिज्य दूत रहेका जोए इशा अल– खुरीलाई परराष्ट्र मन्त्रालयले हटाएपछि इजिप्टस्थित नेपाली दूताबासले जर्जलाई नेपाली मामिलामा स्थानीय निकायसँग समुन्वय गरी काम गर्न अख्तियार दिएको थियो ।

प्रहरीले घरेलु कामदार छिरिङ डोल्पा शेर्पा, नुना थापा र गीता माझीलाई मालिकबाट भगाएको र आश्रय दिएको आरोप लगाएको छ । उनीहरुले मालिकबाट पीडित महिलालाई उद्धारको लागि स्थानीय संस्थासँग सम्र्पक गरिदिएको बताएका छन् । गीता र नुना भागेको धेरै महिनापछि स्वदेश फिर्नको लागि आफ्नो सम्र्पकमा आएको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार