इलाम : किरात राई विद्यार्थी संघको ८ औं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा ईलाममा हुने भएको छ ।
संघको गत १७ र १८ भदौमा सम्पन्न राष्ट्रिय पारिषद बैठकले ‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाको लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माणको लागि गाउँ जागरण अभियान’ मूलनारासहित आगामी २६ देखि २८ मंसिरमा सम्मेलन गर्ने निर्णय गरेको अध्यक्ष अर्जुन जम्नेली राईले बताए ।
बैठकले अध्यक्ष जम्नेलीको संयोजकत्वमा ५३ सदस्यीय आयोजक समितिसमेत गठन गरेको छ । साथै, १२ उपसमिति गठन भएका छन् ।
सम्मेलनमा अध्यक्ष जम्नेलीको संयोजकत्वमा सांगठनिक प्रतिवेदन, उपाध्यक्ष बिर्सिका राईको संयोजकत्वमा आर्थिक, उपाध्यक्ष उत्तम राईको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव डेकिन्द्रकुमार राईको नेतृत्वमा विधान संशोधन समिति, सचिव अबि राईको संयोकत्वमा प्रचारप्रसार उपसमिति गठन भएका छन् ।
त्यसैगरी, सचिव नवीन चाम्लिङको संयोजकत्वमा हल, मञ्च तथा साउण्ड सिष्टम उपसमिति, सहकोषाध्यक्ष जितेन राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन, पदम खालिङको संयोजकत्वमा खाद्य तथा आवास, शोभित राईको संयोजकत्वमा प्रतिनिधि पर्यवेक्षक, दिला राईको संयोजकत्वमा अतिथि सत्कार, ¥याली तथा यातायात व्यवस्थापन उपसमितिमा भूवन राई, रविन राईको संयोजकत्वमा सम्पर्क तथा समन्वय, याम वाङ्देलको संयोजकत्वमा स्वयमसेवक उपसमिति गठन भएको छ ।
यसअघि संघको ७औं राष्ट्रिय सम्मेलन सोलुखुम्बुको सल्लेरीमा गत २०७१ साल २७–२९ चैतमा भएको थियो ।