पाँचथरका कृषकद्धारा १४ करोडको तरकारी उत्पादन गरी निर्यात

पाँचथर : पाँचथर जिल्लाका कृषकले गत आर्थिक वर्ष०७२÷०७३ मा १४ करोड रुपैयाको तरकारी उत्पादन गरी निर्यात गरेका छन् । जिल्लाको र्पु,पंचमी, नाँगी,अमरपुर गाविस तथा फिदिम नगरपालिका बाट आर्थिक वर्ष ०७२÷०७३ मा ५ हजार २ सय ८५ मेट्रिकटनको तरकारी निर्यात भएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै आर्थिक वर्ष ०७१÷०७२ मा ११ करोड ९६ लाख रुपैयाको तरकारी निर्यात भएको थियो । गोलभेडा,बन्दा तथा फूलकोपी,तथा काँक्रा त्यस क्षेत्रका कृषकले उत्पादन गरेको कार्यालयले जनाएको छ । यस वर्ष कृषकलाई मौसम हावापानी अनुकुल भएकोले पनि तरकारी उत्पादनमा वृद्दि भएको कार्यालय प्रमुख वेनु प्रसाईले जानकारी दिए ।

उनलरे भने, “वैदेशिक रोजगारी बाट फर्केका यूवायूवतीहरुलाई लक्षित गरी अहिले कार्यालयले समेत अनुदान रकम सहयोग गरेकोले पनि तरकारी खेती तर्फ कृषकहरु आकर्षित भएको देखिन्छ ।” कार्यालयले समूह बनाएर आएमा यूवा लक्षित कार्यक्रम अन्र्तगत ४० हजार रुपैया अनुदान दिने गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार