एक करोड २० लाख ८३ हजार राजश्व संकलन

इलाम : आर्थिक वर्ष  २०७२–७३ मा इलामको पशुपतिनगरस्थित भन्सार कार्यालयले एक करोड २० लाख ८३ हजार रुपैंयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको तुलनामा १११ प्रतिशत असुली हो । अघिल्लो आर्थिक वर्षको राजश्व असुलीको तुलनामा यो २० प्रतिशतले बढी भएको भन्सार प्रमुख प्रकाश पोख्रेलले बताए ।

कार्यालयले आर्थिक वर्ष ०७२÷०७३ मा एक करोड ८ लाख ७४ हजारको मात्र लक्ष्य लिएको थियो । पूर्वी सीमावर्ती क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयबाट मात्र ०७२÷०७३ मा ८ लाख २४ हजार संकलन भएको छ । छोटी भन्सारबाट उठेको यो राजश्व अघिल्लो आर्थिक वर्ष ०७१÷०७२  तुलनामा २३२ प्रतिशतले बढी रहेको बताइएको छ ।

भन्सारले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेपछि खुला सीमानाका कारण चोरी निकासी नियन्त्रणमा भने कठिनाइ भएको कार्यालय प्रमुख पोख्रेलको भनाइ छ । इलामको सन्दकपुरदेखि जिर्मलेसम्म पर्ने साढे ५२ किलोमिटर खुला सीमा क्षेत्रका अवैध नाकाहरुमा कार्यालयले निगरानी गर्न नसक्दा थप राजश्व प्रभावित भइरहेको कार्यालयले जनाएको छ । पूर्वाधार र जनशक्ति अभावका कारण अवैध नाकाहरुमा गस्ती गर्न कठिनाइ हुने गरेको कार्यालयले जनाएको छ ।

यसबीचमा नेपाल–भारत आवत–जावत गर्ने सयभन्दा बढी अवैध नाकाहरू रहेको हँुदा यति बृहत क्षेत्रमा गस्ती गर्न एवम् निगरानी राख्न कर्मचारी र स्रोतसाधन अभाव भइरहेको भए पनि कार्यालयले सकेसम्म अवैध नाकामा सचेतता अपनाइरहेको पोख्रेल बताउँछन् । उता  पाँचथरमा भएका दुई वटा छोटी भन्सार कार्यालय च्याङथापु र मेमेङ पुनस्र्थापित हुन सकेका छैनन् । यी भन्सार कार्यालय पुनस्र्थापना भएको खण्डमा कार्यालयको थप प्रगति देखिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार