यो संविधान होइन, जंगली राज्यको विधान हो : सिके लाल

CK Lal2
सिके लाल

‘चिराग इस अन्धेरेमे जलाइए रखिए सुवह होनेके है, समा जलाए रखिए ।’ विहान (सुवह) त हुनु नै छ । आजसम्म यस्तो रात छैन, त्यसको विहान (सुवह) नभएको होस् । कुन रात लामो हुन्छ कुनै रात सानो हुन्छ, त्यो अलग कुरा हो तर रात हुन्छ नै रात भएपछि विहान पनि हुन्छ । अन्ध्यारो छ त्यसमा कुनै शंका छैन तर त्यो अन्ध्यारोलाई दीप (समा) जलाएर उज्यालो बनाउन सकिन्छ, त्यो काम मधेशका विभिन्न संघ संगठनहरुले गरिरहेछन् ।

जंगल राज्यमा र मानव राज्यमा धेरै फरक हुँदैन । त्यसमा केही मात्र फरक हुन्छ । जंगलमा शेरलाई जे मन लाग्छ त्यो गर्छ तर मानव राज्यमा त्यस्तो हुँदैन । किन हुँदैन ? किनभने जंगलमा कुनै लिखित कानुन हुँदैन तर मानव राज्यमा लिखित कानुन हुन्छ । कुनै जमानामा कुनै ऋषिले कानुन लेख्नुभयो, कुनै जमानामा जेसिसले कानुन लेख्नुभयो, कुनै जमानामा अल्लाहले कानुन लेख्नुभयो, कुनै जमानामा बुद्धले बाटो देखाउनुभयो । यो सबै आआफ्नो जमानाको सविधान हो ।

सविधानको मुख्य उद्देश्य के हुन्छ भने जंगल राज्यको मानवीय बनाइयोस् । परोपकराय पुन्यः पापायचः परपिरनमः । हरेक पुरानमा यही कुरा भनेको छ कि जो परोकार हो त्यो धर्म हो । जो परपिरक हो त्यो अधर्म हो ।

हामीले जुन सविधानको कुरा गर्छौ, त्यो सविधानले जंगलको कानुनलाई मानवको कानुन भन्दैछ । सविधानको काम हो, बलियो (शासक) लाई बाँध्ने र कमजोर (शोषित) लाई अधिकार दिने । यदि सविधानमा शेरलाई जे मन लाग्छ त्यही गरोस् भनि लेखि दिए भने त्यो के सविधान हुन्छ ? त्यो त सविधान हुनै सक्दैन । त्यसलाई मनमानी भन्छन् ।

अहिले जुन सविधान निर्माण भएको छ त्यसमा मनमानी भएको छ र त्यसलाई संस्थागत गर्ने प्रयोग भइरहेको छ । त्यसले यसलाई सविधान भन्न सकिदैन । यसलाई जे पनि नाम दिन सकिन्छ । पद्मशम्शेरले पनि एक सविधान निर्माण गर्नुभएको थियो । त्यसलाई सविधान भनिएन । नेपाल राज्यको विधान भनियो । यसलाई पनि यस्तै केही नाम राखि दियौं । माओवादी, माले, मसाले र मण्डलेको विधान हो भन्न सकिन्छ के फरक पर्छ । स्वस्थानी व्रत कथा, सत्यनारायण कथाको विषेज्ञ तीन जना बस्यो सविधान लेख दिनुभयो र त्यसमा भनिएको छ तपाईको आमालाई अधिकार दिइन्न, बुवालाई मात्र अधिकार दिन्छु ।

कोशिश

उहाँहरु (गैरमधेशी दलका नेता) भन्नुहुन्छ, ‘तपाईको चार भोट र हाम्रो एक भोट बराबर हो, किन ? किनभने उहाँहरु भन्नुहुन्छ, हामी उच्चकुलका हौं, हामी शासक हौं र तिमीहरु शासित हौं अनि कहाँबाट अधिकार दिन्छौ, तिमीले त स्वास्थानी व्रत कथा पढेका छैनौ ।’ यहाँसम्म कि उहाँहरु भन्नुहुन्छ, विहे गरेर ल्याउनुस् तर हामी अधिकार दिँदैनौ, कोशिश गर्ने अधिकार पनि दिदैनौ ।’ यस्तोलाई सविधान भन्न सकिदैन ।
त्यसपछि के के गर्ने त्यसलाई च्यातेर फ्याल्ने हो कि जलाई दिने हो, के गर्ने अनेक प्रश्नहरु दिमागमा आउनसक्छ । त्यसका लागि विभिन्न प्रयासहरु भएका छन् पनि । तर सन्तोषजनक सफलता हात लागेन । भन्ने गरिन्छ, जति पनि आन्दोलन गर्नुस् टेबल (वार्ता) मा बस्न त पर्छ नै । तर मेरो विचारमा टेबलमा बस्नु अघि केही तयारीको आवश्यकता पर्छ, केही शक्तिको आवश्यकता पर्छ जो बन्द कोठाबाट प्राप्त हुँदैन । त्यो सडकबाट मात्र प्राप्त हुन्छ । त्यही सडकको शक्ति हेरेर नै उहाँहरु कुनै अधिकार दिने पक्षमा हुनुहुन्न ।

मानव अधिकार त्यसको हुन्छ, जसलाई मानव मानिएको हुन्छ । जब यहाँ मानव मान्नलाई तयार छैन भने कहाँको मानव अधिकार ? छातीमा गोली हान्छन् नै । खिल्ली उडाउँछन् नै । ‘आप करो तो सत्यनारायण कथा, हम करे तो तामाशा’ । यसको लागि आफूलाई बलियो बनाउनुपर्छ । आफूलाई सशक्त रुपमा सडकमा देखाउनु पर्छ अनि मात्र उपलब्धि प्राप्त हुन्छ ।

बुद्ध जस्तो व्यक्ति जन्मन्छन्, मर्दैनन् । अहिले पनि छदैछन् । संसारभरमा छन् । तर विश्वका लागि बुद्ध भगवान होला तर हाम्रो लागि कसैको दाजु (भैया) हुन्, कसैको काका हुन् । हामी त अवधका हौ (बुद्ध पनि अवधमा जन्मेको) । मधेशमा दुईटा सभ्याता मात्र रहेका छन्, एउटा मिथिलाको सभ्यता र अर्को अवधको सभ्यता । मिथिलको सभ्याताको कुरा गरौं भने जानकीजी विश्वका लागि आमा (माँ) हुनसक्छ तर हाम्रो त छोरी हुन्, हाम्रो बहिनी हुन्, फुपु हुन् । त्यस्तै दुनियाँका लागि बुद्ध भगवान होला तर हाम्रो लागि सिद्धार्थ भैया (दाजु) हुन् ।

अधिकार
सिद्धार्थ दाजुले राम्रो गर्नुभयो कि उहाँले चीन, जपानका लागि हिडी दिनुभयो नत्र भने उहाँ यहाँ बसेको भए धेरै बेइज्जति हुन्थ्यो । किनभने शासन त उहाँको आफ्नो भाइको रहदैन्थ्यो । जंगल राज्य हुन्थ्यो । जंगल राज्यमा बुद्धको के काम ? त्यहाँ त बचाउने बलाको अधिकार हुँदैन, मार्नेबालाको अधिकार हुन्छ । यहाँ त मधेशीको अधिकार छैन । यहाँ त गोली चलाउनेबालाका अधिकार छ । गोली चलाउन आदेश दिनेको अधिकार छ । त्यसले बुद्धले राम्रो गर्नुभएको थियो । नेपालबाट निस्केपछि फर्केर आउनु भएन । उतै टहल्नुभयो । राम्रो गर्नुभयो । आएको भए सायद नागरिकता पनि प्राप्त गर्नुहुन्थेन होला ।

बुद्धले भनेको सबै कुरा ठिक छ त्यसमध्ये एउटा उहाँले आफै ज्योति बन्नुस् अरुको ज्योतिबाट धेरै टाढासम्म जान सकिदैन भन्नुभएको छ । त्यो ज्योतिलाई हासिल गर्नुपर्छ । यदि त्यो ज्योति हासिल गर्न सकिएन भने त्यसलाई जुन सविधान भनिदैछन् त्यो खस आर्यको विधान बन्छ र त्यसमा हामी तेस्रो दर्जाको नागरिक भएर बस्छौ ।

ज्योति 
राजेन्द्र महतो मन्त्री बन्नुभयो के के गर्नुभयो । महन्थ ठाकुर नेपाली काँग्रेसको कोषाध्यक्ष बन्नुभयो के के गर्नुभयो । हामीमा एउटा समस्या छ कि हामीले आफ्नो अन्तर मनमा गहिरिएर हेर्दैनौ कि हामीले के गर्दैछौ ? जसले हाम्रो लागि कुर्वानी (बलिदानी) दिनुभएको छ त्यसका लागि हाम्रो मनमा कही न कही त यो छ कि उहाँले हाम्रो भोलीका लागि आफ्नो भोली (भविष्य) लाई बलिदानी दिनुभएको छ ।

उहाँ कुन जातको हुनुहुन्थ्यो, कुन लिगंका हुनुहुन्थ्यो, कुन समुदायका हुनुहुन्थ्यो र उहाँले किन र केका लागि बलिदानी दिनुभयो यी सबै कुरा एकपटक सोच्नुस् । हामीमाथि एउटा ऋण छ । त्यो ऋण यो जुनीमा नै तिर्ने हो कि अर्को जुनीमा तिर्ने हो यसको बारेमा सोचौ । मनन गरौं । हिसाब किताब त गर्नैपर्छ ।

मानवअधिकार
मानव अधिकारको कुरा छोड्नुस् । तपाईले कुनै जनावरलाई लठ्ठीले हिर्काउनु हुन्छ भने भाग्छ, हिर्काउन (लात हान्ने) पनि खोज्छ । हामी त त्यो भन्दा पनि गए गुजरेका भयौं । हामीलाई त हिर्काउने हैसियतमा छैन । रुन पनि दिँदैन । एक्कासौं शताब्दीका कस्तो नागरिक हौं हामी जो हामीलाई रुन, हाँस्न, प्रतिकृया दिने अधिकार पनि छैन । हाम्रो आमाले कस्तो दुध खुवाउनु भयो जसको इज्जत हामी राख्न सक्छौ कि सक्दैनौ । यो हाम्रो कुरा मात्र होइन ।

जब कसैमाथि उत्पीडन हुन्छ, बहिष्करण हुन्छ त्यो अपराध हो । जसले अपराध गर्छन्, त्यो अपराधी त हो नै तर जसले अपराध सहन्छन् त्यो त झन अपराधी । किनभने त्यसले त्यसको प्रतिकार गर्न सकेन । जसले अपराध गर्छन्, त्यो त आफैमा अपराधी हुन् । हामीले जुन अधिकारका कुरा गर्छौ, त्यो एक्काइसौं शताब्दीमा सभ्य राज्य स्थापनाका लागि हो । जंगल राज्यबाट आधुनिक राज्य बनाउनका लागि हो । यो त कुनै गलत काम होइन ।

मानव राज्य 
सुशिल कोइराल त जानु भयो । गइसकेकाको गल्ती के भन्नौं । जानेहरुसँग सबै गल्तीहरु राख (खरानी) भएर जान्छ । ओलीजी त हुनुहुन्छ । ओलीजीलाई हामी मानव बनाउन चाहन्छौ । ओलीजीले आफ्नो इन्सानियत बिर्सिनु भएको छ । उहाँलाई इन्सानियत याद (सम्झाना) गराउन चाहन्छौ । पुष्पकमल दहाल इन्सान बन्न लाग्नु भएको थियो तर पुनः पछाडि फर्किनुभयो । हामीले उहाँलाई भन्न चाहन्छौ कि अझै तपाईमा इन्सान बन्ने क्षमता बाँकी रहेको छ । तपाई इन्सान बन्नुभयो भने सबैलाई सम्मान प्राप्त हुन्छ । सबैलाई सम्मान प्राप्त भयो भने तपाई झन सम्मानित हुनुहुन्छ । तपाई पूर्वप्रधानमन्त्री हुनुहुन्छ, यति ठूलो क्रान्ति गरेर आउनु भएको छ । लामो समयसम्म जंगलमा बसेर आउनु भएको छ । इतिहासमा तपाईको नाम लेखिएको छ । यो भन्दा बढी के चाहियो ?

यो भन्दा बढी त यही हो कि यो देशलाई जंगल राज्यबाट मानव राज्यमा रुपान्तरण गरियोस् । यति मात्र चाहियो, हामीले रामराज्यको कुरा गरेका छैनौ । गान्धीवादको पनि कुरा गरेका छैनौ । माउसेतुगंको पनि कुरा गरेका छैनौ । मानव राज्यको मात्र कुरा गरेका छौ । हामी गरिब छौ, हामी कमजोर छौ भने एकसाथ मिलेर प्रयत्न गरौं कि गरिबीभन्दा केही माथी जाउँ, कमजोरी भन्दा केही माथि जाउँ । यो त्यतिबेला मात्र सम्भव हुन्छ जतिबेला सबैको साथ हुन्छ । यहाँ त दुई तिहाईको हात नै काटिएको छ । अधिकार नै काटिएको छ भने माथि उठ्न कसरी सम्भव हुन्छ ? सम्भव छैन । सबैले आआफ्नो ठाउँबाट कोशिश गर्नुपर्छ । गान्धीले भन्नुहुन्थ्यो, ‘जसले हामीमाथि शोषण गरिरहेका छन्, शासन गरिरहेका छन् । त्यसैका तरिका हामीले पनि अपनाउन थालियो भने त्यसमा र हामीमा फरक रहदैन ।’

मुस्किल त छ । कुनै पनि परिवर्तन असानि (सजिलो) तरिकाले भएको छैन । यदि परिवर्तन गर्न सजिलो तरिकाले भएको भए १७ हजार व्यक्तिको बलिदानी प्रदान गरेपछि पुष्पकमल दहाल इन्सान भइसकेका हुन्थे । काठमाडौमा उहाँ (प्रचण्ड) हार्नुभयो, मधेशबाट जिताएर ल्यायौं । उहाँले के गर्दिनुभयो ? माधव नेपालमाथि भरोस गरियौं के गर्नुभयो उहाँले ?

नश्लवाद
यो त भयो टाढाको कुरा हामी आफ्नैतिरको कुरा गर्ने हो भने एकदिन सिता देवी यादव (काँग्रेसका कोषाध्यक्ष) सँग एकपटक भेट हुँदा मैले भने, सविधानमा हस्ताक्षर गर्न तपाईलाई अलिकति पनि शर्म लागेन ? तपाई त आफ्नो प्रदेशको मुख्यमन्त्रीसम्म बन्नसक्नु हुन्न । प्रधानमन्त्रीको कुरा त छोड दिनुस् । मेरा मामा पनि नेपालको, मेरो ससुराल पनि नेपालमा तर मेरो बच्चा त हुन्छ नि । त्यसले त भारत वा अन्य देशमा विहे गर्न सक्छ अनि के मेरो बुहारीले नेपालमा आफ्नो अधिकार पाउँदैन ? सविधान त उहाँमाथि पनि लागु हुन्छ । उहाँको पनि विहे हुन्छ । उहाँको पनि बच्चा हुन्छ ।

अब त यस्तो सविधान आयो कि परिवारको ठाउँमा वंशले लिएको छ । नश्लले लिएको छ । परिवारवादलाई हटायो नश्लवाद ल्यायो । यसलाई न लोकतन्त्र भन्न सकिन्छ न गणतन्त्र भन्न सकिन्छ । यसलाई के शब्दमा भन्न सकिन्छ मनपरितन्त्र । यो हाम्रो देश हो, यहाँ बस्नु छ भने बस्न नभए जाउँ भन्नु मनपरि तन्त्र हो । यो मनपरि तन्त्रालाई हटाउनका लागि हामीले बाटो खोज्नुपर्छ । निराश हुने अवश्यकता छैन ।

निष्कर्ष
विश्वमा कसैले सोचेका थिएन कि विश्वका सबैभन्दा ठूलो शक्ति सोभियत संघ विघटन हुँदैन, तर भयो । कसैले सोचेका थिएन कि अंग्रेजको सम्राज्य समाप्त हुन्छ, तर भयो । कसैले सोचेका थिएन कि साउथ अफ्रिकाबाट नश्लवादको अन्त्य हुन्छ, तर भयो । विश्वमा यस्तो धेरै उदाहरणहरु छन् जो असम्भवलाई सम्भव बनाएको छ । त्यो एकताले मात्र भएको छ । यदि सबै तन मन धनले एक ठाउँमा आएर परिवर्तनका लागि संघर्ष गर्यो भने अवश्य प्राप्ति हुन्छ ।
(मधेशी मानवअधिकार (अमेरिका) र नेपाल यादव सेवा समितिले आयोजना गरेको कार्यक्रममा लालले राख्नु भएको मन्तव्यको भावानुवाद) 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार