हामी दलित हाम्रो पञ्चे बाजा

Tikaram
टिकाराम बराइली चमैता

नेपालको ईतिहासमा सामाजिक, जातिय रुपमा विभेद उत्पीडनको सिकारमा परी राजनिति, शौक्षिक रुपमा पेलिएका भनेर चिनिन्ने २६ जातिहरु जसमा दलित भनेर चिनिएका छन । बर्गहरुको बिभाजन सँगै जातिय रुपमा हिजका पूराना राज्य सत्ताका शाशकहरुले मौलिक हक अधिकारबाट बञ्चित गराई यी दलित समूदायमा पशुसहर व्यवहार गर्थै ईतिहासको पाना पल्टाएर हेर्दा दलित जातिहरु शासकहरुले तल्लो श्रेणीमा राखेर पनि कला शिपका धनि वास्तविक रुपमा चिनिन्छ ।

नेपालमा नेपालीहरुको निमित्त महत्व पूर्ण सीप र कला ऊर्जा बोकेका दलितहरु हिजोदेखि आज गाउँ वस्ती शहरमा एकाईसौं शताब्दीसम्म आईपुग्दा हातबाट बनेका ‌औजार सुनका गहना लुगाकपडा कोट टोपी दौरासुरुवाल चैवन्दी चोली र छालाबाट बनाएका जुत्ताचप्पल यी दलितका श्रम र सीपको भरमा कृषिलाई अग्रपंतिमा ८० प्रतिशत सफल बनाऊने यही विश्वकर्मा दलितका सीप, फलामे औजार कूटो, कोदालो, हँसिया, खुकुरी जस्ता सामग्रीबाट टेवा पुर्‍याउन सफल बनाउन दलितको ठूलो भूमिका रहेको छ । विश्वकर्माले बनाएको दियो त्रिशूल मन्दिर पूजा कोठामा सजाइन्छ । दलितका सीप देश विदेशसम्म पुर्‍याएर नेपालीको परिचय र चिनारी दिएको छ ।

तर तिनै दलितलाई अछुत बनाईन्छ । के आजको युगमा आईपुग्दा अझै पनि दलित समूदायमा अछुत अर्थात बिभेद हँदा कतै मानिसहरु ढुङ्गे युगमा त छैन < यदि होईन भने राज्यले अझै बेवास्ता गरिरहेको  छ । राज्यको गहाना नेपालको पहिचान झल्काउने यी दलितहरुको आफ्नै सीपबाट नौमति पञ्चे बाजा मल्ल कालबाट बजाउँदै आएका यी दलितहरु गाउँ वस्तीदेखि शहर दवारसम्म शुभ साइतदेखि राष्ट्रको स्वाभिमान समेत गुञ्जने संगीत यी दलित कै सीप हुन् ।

आधुनिक बाजाहरुको हाल आए पनि पूरानो संस्कार संस्कृतिलाई बचाउनु संरचना जर्गेना गर्नपर्छ भन्ने उद्देश्यले लोप हुन लागेको, ओझेल परेका नौमति बाजा चमैता गाउँ बवकास समितिमा ९२ घरधुरी भएका ५३० जनसंख्या रहेका दलितहरुका नौमति पञ्चे बाजाको संरक्षण गर्ने अध्यक्ष टिकाराम बराईली, उपाध्यक्ष भूपाल शिवा, सचिव शेरबहादूर बराईली, सहसचिव वीरबहादूर धमला, कोषाध्यक्ष मीना दियाली, सदस्य हर्क गहतराज, कर्णबहादर शिवा, साबित्रा दियाली,मार दियाली, शुष्मा बराईली, बिमला धमला सदस्य रहेको समितिले पेशा र सीपलाई बढी प्रथामिकता दिदैं आएको छ ।

लक्षित वर्गमा छट्टिएको रकमले नौमति पञ्चे बाजा खरीद गरि संरक्षण गने योजना सँगै गाविसबाट अनुदान रकमले एक थान नर्सिङा, एक जोडी सहनाई, एक थान टेम्पू, एक थान नगरा यसै आर्थिक वर्ष वर्षमा खरिद गरी संरक्षण गर्ने र पोशाकको समेत व्यवस्था गर्ने चमैताका दलित समूदायको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार