सुरक्षा कारबाहीमा ४३ तालिवान मारिए

नयाँ बुलन्द

तालुकान  : अफगानिस्तानका विभिन्न स्थानमासुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४३ जना तालिवान लडाकू मारिएको समाचार छ ।

शुक्रबार ती तालिवान मारिएको समाचारमा जनाइएको छ । उक्त लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी शुक्रबार र शनिबार गरिएको हवाई कारबाहीमा ती तालिवान मारिएका हुन् । अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्रममा अरू केही घाइते पनि भएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ । देशका विभिन्न १७ वटा प्रान्तमा यस्तो कारबाही भएको हो । सो कारबाहीमा परी अरू १५ जना घाइते भएका छन् भने केही पक्राउ पनि परेका छन् । उता बिहीबार मात्र पूर्वी अफगान प्रान्त नान्गाहारमा अमेरिकी संयुक्तबलले गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) का दुई जना आतंककारी मारिएको जानकारी दिइएको छ ।

सो संयुक्तबलले आचिन प्रान्तमा आइएस लडाकूको आखडालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा दुई आतङ्ककारी मारिएको अफगान बिशेषबलद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानका विभिन्न भूभागमा पछिल्लो समयमा संयुक्त सुरक्षा बलले यस्तो कारबाही जारी राखेको छ । जारी कारबाहीमा परी दिनहूँजसो तालिवान मारिने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार