सौन्दर्यताले भरिपूर्ण ‘माइपोखरी’ पेरिफेरी (फोटो फिचर)

इलाम : आन्तरिक र बाह्य पयर्टकलाई निक्कै लोभ्याउने इलामको रामसार क्षेत्र ‘माइपोखरी’ धार्मिक दृष्टिले पनि निक्कै महत्वपूर्ण मानिन्छ । सदरमुकाम इलाम बजारबाट १८ किलोमिटर उत्तरमा रहेको यस पोखरी हिन्दु,बौद्ध र किरात धर्मावलम्बीको त्रिधार्मिक आस्थाको केन्द्र हो ।

यससँगै २८ अक्टोबर, २००८ मा विश्व रामसार सूची अन्तर्गत नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषित यस क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ । यसरी प्राकृतिक,धार्मिक र जैविक विविधताले धनी पोखरी क्षेत्रको प्राकृतिक सौन्दर्यता त्यसै त मातलाग्दो छ नै हालै पोखरी प्रवेशद्वार क्षेत्रमा निर्मित आकर्षक संरचनाहरुले पर्यटकहरुलाई आकर्षण गर्न सघाउ पुर्याएको छ ।

तस्विर सौजन्य : जङ्ग तामाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार