उपनिर्वाचन : इलाम-२ मा माहोला बनाउँदै साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह लिम्बू (थेगिम)

  नयाँ बुलन्द
189 Shares

इलाम : उपनिर्वाचनको मिति नजिकिँदै गर्दा माहोल सपार्न अहिले राजनीतिक दलका उम्मेद्गवार र स्वतन्त्र उम्मेद्वारहरु गाउँ तथा टोल केन्द्रित भएका छन् । उम्मेद्वारहरुले गाउँ तथा टोलमा पुगेर आफ्नो पक्षमा माहोल बनाउन तल्लिन छन् । उपनिर्वाचनलाई लक्षित गर्दै उम्मेद्वारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन सभाहरु गर्न थालेका छन् ।

यसै क्रममा पहिचानवालीहरुको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले मङ्गलबार इलाम चोक बजारमा चुनावी सभा गरेका छन् । निर्वाचन आयोगबाट ‘मुढा’ चुनाव चिन्ह पाएका उनी हज्जारौं समर्थकसहित मुढाको साथमा सभामा उपस्थित थिए ।

सभालाई सम्बोधन गर्दै उमेद्वार थेगिमले बिजय भएर गएपछि मजदुर, किसान, उत्पीडित वर्ग समुदायको हितको लागि आवाज बोल्ने र कानुन निर्माणको लागि पहल गर्ने बताए । सशमा भइरहेको भ्रष्ट्राचार विरुद्ध संघीय संसदबाट आवाजसहितको अभियान चलाउने र इलामे जनताले चाहेको बिकास निर्माणको लागि बिशेष पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका धरान उपमहानगर पालिका प्रमुख हर्क साम्पाङ राईले डकेन्द्रसिंह लिम्बू थेगिमको जित नेपालमा रहेका सम्पूर्ण संस्कार, संस्कृतिमान्ने जनताको जित हुने बताए । साम्पाङले फेरिपनि पार्टीकै उमेद्वारलाई भोट दिए माछा (भ्रष्ट्राचार) हुने भन्दै सच्चा प्रतिनिधि (मान्छे) बनाउन साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढामा भोट मागे । चिर्वाचन बिवेक प्रयोग गर्ने परीक्षाको रुपमा आउने भएकोले सचेत जनताले भ्रष्ट्राचारको अखडा बनेको पार्टी एकछिन बिसाएर मुढामा भोट लगाउन साम्पाङ्ले आव्हान गरे ।

कार्यक्रममा कानुन व्यवसायी अभियान्ता स्वागत नेपाल, लेखक युग पाठक, पूर्बमन्त्री केशरमान शाक्या, डा. मित्र परियार लगायतले डकेन्द्रसिंह लिम्बू थेगिमलाई भोट दिएर अत्याधिक मत दिइ बिजय गराउन अनुरोध गरे ।

डकेन्द्रसिंह लिम्बू थेगिमलाई पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, काठमाडौं महानगरपालिका प्रमुख बालेन साह, गोपी हमाल लगायतको साथ रहेको छ । पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचनमै खटिरहेका छन भने बालेन साहा र गोपि हलाम चुनावी अभियानमा जोडिने कुरा भइरहेको साझा, स्वतन्त्र उमेद्वार थेगिमले बताए ।

निर्वाचनमा पूर्व संस्कृति मन्त्री गोपाल किराती, राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), जसपाका नेता रकम चेम्जोङ, खगेन्द्र माखिम, जेन्टल लावती, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव दिलकुमार लावती, पदम अधिकारी , केन्द्रीय सदस्य भबिराज लिम्बूलगायत पार्टीका नेताहरु स्वतन्त्र उमेद्वारलाई जिताउन फिल्डमा खटिरहेका छन् ।

किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन, किरात राई यायोक्खा उपाध्यक्ष जनक राई, युवाराज राई, महासचिव भीम राई, उपमहासचिव कृष्ण राई, मञ्जु सोताङ, इलाम जिल्ला अध्यक्ष पुष्पा राई, पहिचानको आधारमा प्रदेश नं. १ को पुन नामकरण अभियान समिति प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिमा आबद्ध ४१ घटक चुनावी अभियानमा लागिरहेका छन् । धरान उपमहानगर पालिकाको प्रमुख हर्क साम्पाङ राईको टोली साझा, स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमलाई बिजय गराउन लागिरहेका छन् ।

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले समेत आफ्नो पार्टीलाई भोट नदिए स्वाझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमलाई भोट लिनु भनेको भिडियो क्लिप भाइरल भइरहेको छ । शाहीले सुर्य, रुख, खण्टीभन्दा डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढा सयौ गुणा राम्रो भनेका छन् । डा.सुरेन्द्र केसी, अभियान कर्मी युवाराज सफल लगायतले मुढा चिन्हका उमेद्वार थेगिमलाई मत मागेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा लगायत पार्टीका नेताहरुले ललिता निवास (बालुवाटार) सरकारी जग्गा व्यक्तिको नाममा पारेको, सय किलो सुन काण्ड, नक्कली भुटानी शरणर्थी, वाइडबढी बिमान भ्रष्ट्राचार काण्ड, गिरीबन्धु टि स्टेट, सहकारीको करोडौं हिनामिना काण्डहरु आइरहेको छ ।

एमाले युवा नेताहरु महेश बस्नेत, ऐन महरको यही बेला आफ्नै कार्यकर्तासँग सांस्कृतिक विचलन (अवैध यौन काण्ड) चलिरहेकोले पार्टी र नेताहरु प्रति वितृष्णा पैदा भइरहेको बेला साझा स्वातन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनावी माहोल ह्वात्तै बढेको हो ।

‘डकेन्द्रसिंह थेगिमले निर्वाचन जित्ने निश्चित भयो ।’ किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन भन्छन् ‘सामाजिक सञ्जालमा लेख्ने, बोल्ने मात्र होइन देश, विदेशमा रहनु भएका आम शुभेक्छुकहरुले इलाम आएर वा उतैबाट आर्थिक, भौतिक सहयोग पनि गर्नुप¥यो ।’

किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई भन्छन ‘इलाम—२ मा राई समुदाय र आम मतदातालाई साझा, स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढामा भोट लिएर अत्याधिक मतले बिजय गराउन आव्हान गर्दछौ ।’

चैत्र २१ गते इलाम माङ्सेबुङ, माइ नगरपालिका र बैशाख ४ गते इलाम बजारमा भएको चुनावी सभामा हजारौ, हजार समर्थक/उभेक्छुकहरुको उपस्थितिले डकेन्द्रसिंह थेगिमले जित्ने निश्चित भएको यायोक्खा महासचिव भीम राईको भनाइ छ ।

हालसम्म राजनीतिक पार्टीका नेताहरुले गर्दै आएको कुकर्म सच्याउनको लागि पनि साझा, स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमले जित्नुपर्ने नेपाल आदिबासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे शेर्पाको भनाइ छ ।

साझा स्वतन्त्र उमेद्वारलाई सघाउन नेपालका बरिष्ठ गायक जितेन राई, चर्चित गायक एकदेब लिम्बू, सुनिता थेगिम र सञ्चार तथा अधिकारकर्मीहरु स्वतह स्फुर्त रुपमा इलाम-२ पुगेर प्रचार/प्रशारमा सहयोग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार