माथिल्लो तामाकोसीको सेयर दसैंपछि बाँडफाँट गरिने

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : आयोजना प्रभावितका लागि निष्कासन गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर दसैंपछि बाँडफाँट गरिने भएको छ ।

जिल्लावासीका लागि छुट्याइएको निष्कासनमा तीन गुणाभन्दा बढीको आवेदन परेको छ ।

स्थानीयवासीका लागि एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरका एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरिएकामा करिब तीन अर्ब बराबरको आवेदन परेको जनाइएको छ ।

आयोजनाको साधारण सेयर कात्तिक अन्तिम सातासम्म आउने जनाइएको छ ।

आयोजना प्रवद्र्धक माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख बराबरका एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

स्थानीयवासीले न्यूनतम् ३० देखि अधिकतम् ३०० कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार