टोलस्तरीय फुटबल प्रतियोगिता : उपाधि पाटीगाउँको कब्जामा (भिडियोसहित)

इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा आयोजित टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधि पाटीगाउँ टोल विकास संस्थाले जितेको छ ।

सोमबार वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइलन खेलमा वरभञ्ज्याङ टोल विकास संस्थालाई ३-१ गोलको अन्तरमा रोक्लै पाटीगाउँले उपाधि जितेको हो ।

उपाधिसँगै विजेता पाटीगाउँले ३० हजार बराबरको खसी प्राप्त गर्‍यो । उता उपविजेता बनेको वरभञ्ज्याङले २० हजार बराबरको खसीमा चित्त बुझायो ।

प्रतियोगिताका विजेता र उपवितेजा टिमलाई वडा अध्यक्ष भूपाल योङहाङ, कार्यपालिका सदस्य डिकमाया लुहागुनलगायतले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रम आयोजक समिति अध्यक्ष रेवत श्रेष्ठको अध्यक्षता र सचिव लोकेन्द्र लिम्बू (बाजहाङ) को सञ्चालनमा भएको थियो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टोल विकास संस्थाका १६ वटा टिमको सहभागिता रहेको थियो ।

माङसेबुङ गाउँपालिका-१ नं. वडा सिलिङतर्फको खेलकुद शिर्षकमा विनियोजित एक लाख ५० हजार बजेटबाट आयोजक समिति गठन गरी प्रतियोगिता सञ्चालन गरिएको वडा सचिव हिमाल खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार