डडेलधुरा । डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला ढलेको छ । उक्त जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.ताराप्रसाद जोशी भारी मतान्तरसहित निर्वाचित भएका हुन् ।
डा. जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका महरले १२ हजार १२१ मतमा चित्त बुझाएका छन्।
त्यस्तै, प्रतिस्पर्धामा रहेका नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा एमालेका उम्मेदवार चक्र स्नेही ३ हजार ०२६ मतसहित चौथो स्थानमा रहेका छन्।























































