जनप्रिय कामकै आधारमा इलाम-१ बाट फराकिलो मतान्तरले विजयी बन्ने रणबहादुर राईको विश्वास

इलाम : स्थानीय तहको नेतृत्वमा रहँदा विकास, सुशासन र परिणाममुखी कार्यशैलीमार्फत अलग पहिचान बनाएका रणबहादुर राई अहिले प्रतिनिधिसभा सदस्य पदका लागि इलाम–१ बाट चुनावी मैदानमा छन्। नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चुनाव चिन्ह लिएर उम्मेदवार बनेका राईले जनप्रिय कामकै आधारमा इलाम-१ बाट फराकिलो मतान्तरले विजयी बन्ने  विश्वास रहेको बताएका छन् ।

इलामको सूर्योदय नगरपालिका नगर प्रमुखका रूपमा करिब ९ वर्ष नेतृत्व सम्हाल्दा आफूले अघि सारेका पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा विस्तार, स्वास्थ्य सेवा सुधार तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमले स्थानीय तहमा स्पष्ट परिवर्तन ल्याएको उनको दावी छ। सडक सञ्जाल विस्तार, खानेपानी आयोजना, विद्यालय तथा स्वास्थ्य चौकी स्तरोन्नति, ‘बाल बचत’ कार्यक्रम तथा महिला शिक्षामा केन्द्रित ‘छोरी-बुहारीलाई शिक्षा’ अभियानजस्ता योजनाले जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको उनको दावी छ ।

मतदाताको एक हिस्साले विकासका योजना सुरु गरेर बीचमै नेतृत्व परिवर्तन गर्दा परिणाम कमजोर हुने अनुभव दोहोरिएको भन्दै सुरु भइसकेका पहललाई पूर्णता दिन सक्षम नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्न थालेका छन् ।

समर्थकहरूका अनुसार रणबहादुर राईजस्ता ऊर्जाशील, क्षेत्रमै निरन्तर सक्रिय र योजनामुखी नेतृत्वलाई निरन्तर अवसर दिइए दीर्घकालीन पूर्वाधार, कृषि व्यवसायीकरण, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्छन् । अल्पकालीन असन्तुष्टि वा राजनीतिक प्रयोगका कारण नेतृत्व बदल्दै जाने प्रवृत्तिले विकासको गति रोक्ने भएकाले निरन्तरता आवश्यक रहेको तर्क अघि सारिएको छ ।

राईले सार्वजनिक गरेको ‘समृद्ध इलाम’ अवधारणाअन्तर्गत कृषि उत्पादनको व्यवसायीकरण, उद्योगमा निजी लगानी विस्तार, डिजिटल हब स्थापना, शिक्षा तथा पर्यटन क्षेत्रको विकास र आधुनिक स्वास्थ्य सेवा विस्तारका योजनाले विशेषगरी युवा पुस्तामा आशा जगाएको समर्थकहरूको भनाइ छ ।

राजनीतिक वृत्तमा पनि रणबहादुर राईलाई अवसर नदिइए पुरानै शैलीको राजनीति दोहोरिने जोखिम रहने चर्चा हुन थालेको छ । त्यसैले नयाँ पुस्ताबाट उदाएको नेतृत्वलाई बलियो बनाउने अवसर इलामले गुमाउन नहुने धारणा बलियो हुँदै गएको देखिन्छ।

इलाम–१ मा नेकपा एमालेका काजीमान कागते र नेपाली कांग्रेसका निष्कल राई सहित १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार