
इलाम : पाँचथरको मिक्लाजुङ फुटबल क्लब इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ ।
आज (आइतबार) प्रस्तावित आत्मानन्द रङ्शालामा सुरु भएको उद्घाटन खेलमा मोरङको लेटाङ फुटबल क्लब विरुद्ध १-० को कठिन जित निकाल्दै मिक्लाजुङले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको ३३ औं मिनेटमा मिक्लाजुङकी कृतिका राईले गरेको एकमात्र गोल नै सेमिफाइनल प्रवेशका लागि निर्णायक बनेको थियो । प्लेयर अफ दी म्याच समेत घोषित कृतिकाले नगद ३ हजार ५ सय ७० प्राप्त गरिन् ।
सोमबार ओखलढुङंगाको पद्मा फुटबल क्लब र पाँचथरको दारिम्बा फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजक आत्मापवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले नगद तीन लाख ७० रुपैयाँसहित ट्रफी एवम् उपविजेता टिमले नगद दुई लाख ७० रुपैयाँसहित ट्रफि पाउनेछ । प्रतियोगिताको फाइनल फागुन २ गते हुनेछ ।
स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनपत्नी पवित्रहाङमा साँवा (लिङदेन) को ७० औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगितामा नेपाल र भारतका गरी ८ महिला टोलिको सहभागिता रहेको छ ।
भिडियो हेर्नुहोस् :
तस्बिरहरु :























































