सांसदको सुविधा बढाइयो, एकजना सांसदलाई साढे ३ करोड बजेट

samsadकाठमाडौं : सरकारले सांसदहरुले पाउँदै आएको सुविधा बढाएको छ । सांसदहरुले पाउने विकास बजेटमात्रै होइन, व्यक्तिगत सुविधामा समेत बढोत्तरी गरिएको छ ।

सरकारले नयाँ आर्थिक वर्षदेखि एकजना सांसदलाई साढे ३ करोड रुपैयाँ बराबरको बजेट दिने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमा ३ करोड रुपैयाँ र सांसद विकास कोषलाई ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सांसदहरुले घरभाडा बापत पाउँदै आएको सरकारी रकम बढाएको छ । सांसदहरुको तलब र सुविधा थप गर्दा विरोध हुने देखिएपछि चोरबाटोबाट घरभाडा सुविधा बढाइएको हो ।

सांसदहरुलाई सोझै बजेट दिँदा त्यसको दुरुपयोग भएको भन्दै कतिपयले नै खारेजीको माग गरिरहेका बेला सरकारले बजेट बढाएको हो अनलाइन खबरमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार