लिम्बू पत्रकार संघ इलाम अध्यक्षमा मोरोहाङ

  नयाँ बुलन्द
154 Shares

लिम्बू पत्रकार संघ इलामका नवनिर्वाचित अध्यक्ष सुशिल मोरोहाङ । तस्बिर : राम योङहाङ

इलाम : लिम्बू पत्रकार संघ इलामको अध्यक्षमा सुशिल मोरोहाङ निर्वाचित भएका छन् । मङ्गलबार इलाम सदरमुकाममा सम्पन्न संघको चौथो जिल्ला अधिवेशनबाट मोरोहाङ ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले मोरोहाङको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा सृष्टि कुरुम्बाङ, सचिवमा सरोज जवेगू लिम्बू, सहसचिवमा नविन फागो र कोषाध्यक्षमा ऐनकला नेम्बाङ निर्वाचित भएका छन् ।

लिम्बू पत्रकार संघ इलामका नवनिर्वाचित कार्यसमिति पदाधिकारी र सदस्यहरु । तस्बिर : राम योङहाङ

सदस्यहरुमा अनिता जवेगू, संगीता लिम्बू, पूजा राई (लिम्बू) र अनुपहाङ लिम्बू निर्वचित भएका छन् ।

त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा रेखा बेघा, भीमसेन लिम्बू र प्रकृति लिम्बू एवम् केन्द्रीय प्रतिनिधिमा युवराज लिम्बू र सन्तोष नेम्बाङ निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन लिम्बू पत्रकार संघका महासचिव जीवन लिम्बूले गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै लिम्बू पत्रकार संघ महासचिव जीवन योङहाङ । तस्बिर : राम योङहाङ

उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ इलाम सचिव राम योङहाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय सदस्य अतित योङहाङ, लिम्बू पत्रकार संघ केन्द्रीय सदस्य याम माबोहाङ, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष भीम चावागाईं, किरात राई पत्रकार संघ अध्यक्ष सुनिता राई, याक्थुङ फासिङ सजुम अध्यक्ष विक्रम लिम्बू, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम लिङदम, इलाम अध्यक्ष राजेन्द्र फागोलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चलन सचिव लोकेन थेवे र स्वागत व्यवस्थापन संयोजक सुशिल मोरोहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार