सञ्चारकर्मी अधिकारी सम्मानित

  नयाँ बुलन्द
175 Shares

इलाम :  इलामका सञ्चारकर्मी मनोज अधिकारी सम्मानित भएका छन् ।

इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तक सार्वजनिकीकरण कार्यक्रमको अवसरमा सोमबार नगद पाँच हजार रुपैयँसहित अधिकारीलाई सम्मान गरेको हो ।

सञ्चारकर्मको माध्यमबाट नगरको विकास र समृद्धिका लागि गरेको योगदानको कदर गर् ‍दै सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

उनलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेत, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, सूर्योदय नगरप्रमुख रणबहादुर राईलगायतले नगदसहित सम्मानपत्र हस्तान्तरण गरे ।

२०७४ सालदेखि सञ्चारक्षेत्रमा क्रियाशील अधिकारी राष्ट्रिय समाचार समिति (रासस) मा समेत आवद्ध छन् ।

सूर्योदय नगरपालिकाले सञ्चचारकर्मी अधिकारीसहित विभिन्न १६ विधाका १९ जना सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार