सूर्योदय नगरपालिकाबाट पत्रकार राईसहित विभिन्न क्षेत्रका व्यक्ति र संस्था पुरस्कृत

  नयाँ बुलन्द
105 Shares

इलाम : इलामका पत्रकार जयकुमार राईसहित सूर्योदय नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति र संघसंस्थालाई पुरस्कृत र सम्मानित गरेको छ ।

सूर्योदय नगरपालिकाको आर्थिक वर्ष ०८१\८२ को बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिकिकरण कार्यक्रममा पत्रकार राईसहित विभिन्न क्षेत्रका व्यक्ति र संस्था पुरस्कृत र सम्मानित भएका हुन् । राई रेडियो फिक्कलमा २०६४ सालदेखि कार्यरत छन् ।

मङ्गलबमार फिक्कलमा आयोजित कार्यक्रममा उनीहरुलाई कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्यद्वय खिनु लङ्वा लिम्बू र समशेर राईलगायतले नगदसहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

नगरले  स्वास्थ्य स्वयंसेविका संगीता राई, सामुदायिक विद्यालय मावितर्फ प्रधानाध्यापक बेनुभक्त खनाल र उमादेवी पौडेल तथा आवितर्फ प्रधानाध्यापक गीताकुमार ढुंगाना र शिक्षक अञ्जना कार्की, क्रियाशील ज्येष्ठ नागरिक मोहनप्रसाद राई, डेरी उद्योगी चन्द्र सोङमेन राई, युवा उद्यमी विवेक राई, मौरीपालक हर्कध्वज तामाङ, एथ्लेटिक्समा स्वर्ण विजेता समीर तामाङ, किसान मोहन लाप्चा र चन्द्रकला मादेन सम्मान गरेको छ ।

त्यसैगरी, नगर बाल सञ्जालका निवर्तमान अध्यक्ष निरोज राई, विज्ञान शिक्षक सौजन्य भक्तराज, गणित शिक्षक रमेश नेपाली, शिक्षक बासुदेव पौडेल, करफोक विद्या मन्दिर, अर्गानिक किसान उद्यमी विक्रम चेम्जोङ, एभरल्यान्ड एकेडेमीका शिक्षक प्रवास कट्टेल, विद्यार्थी गरिमा काजी राई र गायक पूजन प्रधान सम्मानित भएका छन् ।

कर्मचारीतर्फ अनिश दुलाल, खगेन्द्र प्रधान, सुनील मोते, भीम विश्वकर्मा, रविन खत्री समानित भएका छन् ।

त्यस्तै, संघसंस्थातर्फ झुवाखोला सातघरे जल उपभोक्ता समिति, पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र, साना किसान सहकारी, काजीफाटक टोल विकास संस्था, कृष्ण आधारभूत विद्यालय, पञ्चकन्या बोर्डिङ स्कुल, फिक्कल खानेपानी तथा सरसफाइ संस्था, पालुवा बाल क्लब, राजप्रज्वल निर्माण सेवालाई सम्मान गरेको छ ।

नगर प्रमुख रणबहादुर राईले नगरको उन्नयनमा सघाउने व्यक्ति र संस्थालाई नगरले हरेक वर्ष प्रोत्साहित गर्ने प्रयासस्वरुप पुरस्कृत र सम्मानित गरिएको बताए । उनले नगरको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, खेलकुदलगायत क्षेत्रको विकास गरी नगरलाई समृद्धिपथमा अघि बढाउन प्रयास गरेको बताए ।

नगरप्रमुख राईको अध्यक्षता तथा मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधान सभा सदस्य लीलादेवी श्रेष्ठ, कोशी प्रदेशका सांसद खिनु लङवा लिम्बु, समसेर राई, जिल्ला समन्वय समितिका पूर्व सभापति गणेश बराल, नगर उपप्रमुख दुर्गा बराल, रास्वपा नगर उपसभापति महेश गदाल, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कमल गदाल, नेकपा एमाले नगर अध्यक्ष दुर्गा देवी भट्टराई, नेपाली काँग्रेस नगर सभापति जीवन नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार