
इलाम : एमाले अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिअघि इलाम–२ को उपनिर्वाचनमा पार्टीका तर्फका उम्मेदवार रहेका सुहाङ नेम्वाङको पक्षमा प्रचार गरेका छन् । उनले सुहाङलाई अब संसद् भवनमै भेट्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
ओली उपचुनाव प्रचारप्रसारको क्रममा बुधबार चुलाचुली पुगेका थिए । उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । त्यसअघि ओलीले सुहाङको पक्षमा अन्तिम प्रचार गरेका हुन् ।















































