विहीबारदेखि इलाममा प्रदेश स्तरीय सन्तोष अधिकारी स्मृति रेटिङ बुद्धिचाल

इलाम :  इलाममा विहीबारदेखि संचालन हुन लागेको प्रदेश स्तरीय सन्तोष अधिकारी स्मृति रेटिङ बुद्धिचाल प्रतियिोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल बुद्धिचाल संघ प्रदेश १ (कोशी) को आयोजनामा हुन लागेको ३ दिने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मंगलबार पत्रकार भेटघाट आयोजना गरी आयोजकले जानकारी दिएको छ ।

इलाम सदरमुकामस्थित चियाबारीमा संचालन हुने प्रतियोगितामा प्रदेशभरीका दुईसय बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न विधामा खेल संचालन हुनेछन् । विभिन्न विधाका खेलमा विभिन्न राशीको पुरस्कारको व्यवस्था गरेको छ ।

प्रतियोगिताका खुल्लातर्फ दशौं स्थानसम्म हासिल गेर्न खेलाडीले नगद पुरस्कार पाउनेछन् । पहिलो स्थान हासिल गर्ने खेलाडीले ३५ हजार, दोश्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार, तेश्रो स्थान हासिल गर्ने खेलाडीले १५ हजार, चौथो स्थान हासिल गर्ने खेलाडीले १० हजार, पाँचौं स्थान हासिल गर्ने खेलाडीले ८ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै छेटौं स्थान हासिल गर्ने खेलाडीले ७ हजार, सातौं स्थान हासिल गर्ने खेलाडीले ६ हजार र आठौं, नवौं र दशौं स्थान हासिल गर्ने खेलाडीले ५/५ हजार रुपैयाँ पाउनेछन् ।
विद्यार्थी, अनरेटड, भेट्रान र महिलातर्फ पहिलो स्थान हासिल गर्ने खेलाडीले ५/५ हजार र दोश्रो स्थान हासिल गर्ने खेलाडीले ४/४ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै १४ सय तल, पहाडी र शारीरिक रुपमा अशक्ततर्फका पहिलो स्थान हासिल गर्ने खेलाडीले ५/५ हजार रुपैयाँ पाउनेछन् ।

त्यसैगरी रेटेड इलामतर्फ पहिलो स्थान हासिल गर्ने खेलाडीले ५ हजार, दोश्रो स्थान हासिल गर्ने खेलाडीले ४ हजार, तेश्रो स्थान हासिल गर्ने खेलाडीले ३ हजार र चौथो स्थान हासिल गर्ने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।

अनरेटेड इलाम, १६ वर्ष मुनिको इलाम, उत्कृष्ट विद्यालयतर्फ पहिलो स्थान हासिल गर्ने खेलाडीले ३ हजार र दोश्रो स्थान हासिल गर्ने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।

त्यसैगरी उदयीमान खेलाडी इलाम पुरुष र महिला तर्फका पहिलो स्थान हासिल गर्ने खेलाडीले ३/३ हजार रुपैयाँ पाउने नेपाल बुद्धिचाल संघ प्रदेश अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।

प्रतियोगिता स्विस लिगको नियममा खेलाइनेछ । प्रतियोगितामा सहभागिता जनाउन एक हजार र पाँचसय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । ७ राउण्डमा खेलाइने प्रतियोगिताको प्रमुख आर्बिटर एफए दिपेश गिरी रहनेछन् ।

इलाममा खेल पर्यटनको विकाससँगै बुद्धिचाल खेलमा आकर्षण गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोवक बुद्धिचाल संघका प्रदेश अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार