उपसम्पादक प्रकाश नेपाल पुरस्कृत

इलाम : नयाँ बुलन्द डटकमका उपसम्पादक प्रकाश नेपाल पुरस्कृत भएका छन् । स्व. दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कार बाट युवा पत्रकार नेपाल पुरस्कृत भएका हुन । लामो समय देखि पत्रकारितामा क्रियाशिल रहेका उनलाई ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सोमबार जुनतारा सामाजिक बिकास केन्द्र इलामले नगद १० हजार रुपैंयाँले पुरस्कृत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।  पत्रकारिताको माध्यमबाट सामाजिक सहित सहकारी क्षेत्रको उन्नयनका लागि समाचारहरु वभिन्न सन्चारमाध्यममा प्रकाशन प्रशारण गरि समाजलाई सहकारी समन्धी जनचेतना अबिबृद्धी गराउदै रास्ट्रलाई आर्थिक प्रगतिको मार्गमाअ अगाडी बढाउन निश्वार्थ रुपले अतुलनीय योगदान पुरयाएको भन्दै नेपालालाई सम्मान गरिएको बिकाश केन्द्रले जनाएको छ ।

को हुन् पत्रकार नेपाल ?

पत्रकारिताको माध्यमबाट आवाज बिहिनहरुको आवाज बनेर सक्रिय भूमिका निर्वाह गर्ने एउटा शसक्त नाम हो प्रकाश नेपाल । इलामको इलाम नगरपालिका बडा नं ९ साबिकको वडा नं ४ गोलाखर्क स्थायी घर भएका पत्रकार नेपाल बिगत ८ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् । मोफसलदेखि राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका नेपालले राष्ट्रियदेखि स्थानीय स्तरमा गरिदै आएको पत्रकारितालाई नजिकबाट नियालेका छन् ।

इलामबाट संचालित नयाँ बुलन्द डटकम अनलाइन पत्रिकामा उपसम्पादकको भूमिकामा कार्यरत उनले विभिन्न सञ्चारमाध्यममा समेत काम गरिरहेका छन् । हिमालय टाइम्स राष्ट्रिय दैनिक सहित इमेज टेलिभिजन, हिमशिखर टेलिभिजन, इमेज एफएम,इमेज न्युज एफएम, ,रेडियो हिमशिखर,इमेज खबर डटकममा जिल्ला सम्बादाताको रुपमा काम गरिरहेका छन् ।

मोफसलबाट पत्रकारिता शुरु गरेका नेपाल छापा र विद्युतीय माध्यमका लागि खोज मूलक समाचार लेखनमा रुची राख्ने गर्दछन् । उनि यस अघि चियाबारी टाइम्स साप्ताहिक पत्रिका,चियाबारी एफएम,रेडियो बुद्धबाणी एफएम, रेडियो माङसेबुङ्ग,सुर्योदय खबर डटकम जस्ता सञ्चार माध्यममा रहेर काम गरिसकेका छन् । समाज रुपान्तरणका लागि पत्रकारिता बलियो आधार हो भन्ने मान्यता राख्ने नेपाल खोज मूलक पत्रकारितामा बढी रुची राख्छन् ।

२०५३ साल भदौ २० गते पिता रुद्र प्रसाद नेपाल र माता दुर्गा देबी नेपालका छोराका रुपमा जन्मिएका उनले विद्यार्थी अबस्थाबाटै पत्रकारितामा रुची राख्दै यो पेशा अंगालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार