
इलाम : इलामको सुर्योदय नगरपालिका ५ रोङटोलको जङ्गलमा भीषण आगलागी भएको छ ।
आगलागी पछि माथिबाट खसेको ढुङ्गाले लागेर एक पैदल यात्री घाइते भएका छन् । आगलालीपछि सुख्खा पहिरो गएको र माथिबाट खसेको ढुङ्गाले लागेर बमबहादूर लाप्चा घाइते भएको प्रत्यक्षदर्शी सुर्दशन लेप्चाले जानकारी दिए । लाप्चाको ढुङ्गाले लागेर देब्रे हातमा गम्भीर चोट लागेको छ ।
लाप्चा आगलागी भइरहेको जंगलको तल्लो क्षेत्रको सडमा हिँडिरहेका थिए । उनलाई माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।
घाइते लाप्चाको स्थानीय स्वास्थ्यकर्मी घटनास्थलमा नै बोलाएर प्रारम्भिक उपचार गरिएको सूर्योदय नगरपालिका ५ का अध्यक्ष उर्गेन तामाङले जानकारी दिए । उनको थप उपचारका लागि आइतबार फिक्कलको प्राथमिक स्वास्थ्य चौकीमा लगिने वडाध्यक्ष तामाङले बताए ।
आगलागीका कारण सुर्योदय ५ को रोङटोल क्षेत्रको सडक पनि अवरुद्ध भएको छ । आगलागीपछि सडकको माथिल्लो क्षेत्रबाट ढुङ्गा र सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएपनि आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले बताए ।
















































