बुद्धिचाल संघ इलामको अध्यक्षमा प्रकाश परियार

इलाम : जिल्ला बुद्धिचाल संघ इलामको अध्यक्षमा प्रकाश परियार निर्वाचित भएका छन् । आइतबार इलाम सदरमुकाममा सम्पन्न संघको सातौं जिल्ला अधिवेशनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको छ  । मितिका उपाध्यक्षमा गणेश घिमिरे, सचिवमा विक्रम लिम्बु फियाक, कोषाध्यक्षमा शामकुमार लिम्बु स्याम्बो निर्वाचित भएका छन् ।

सदस्यहरुमा मनिसा लिम्बु, विपिन पोख्रेल, खेमराज लिम्बु र खड्ग सुब्बा निर्वाचित भएका छन् । एक जना सदस्य नेपाल बुद्धिचाल महासंघको विधान बमोजिम जिल्ला खेलकुद विकास समिति इलामले पठाइने व्यवस्था रहेको छ

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा प्रकाश परियार र प्रदेश प्रतिनिधिमा यामप्रसाद लिम्बु, देवीप्रसाद पौडेल र मुना लकान्द्रीलाइ निर्वाचित गरेको छ ।

अधिवेशनले आफ्नो कार्यकालमा न्युनतम एक सय वटा प्रतियोगिता गर्ने लक्ष्यसहित १०/१० वटा दिर्घकालीन योजना र आगामी रणनिति समेत पारित गरेको छ । अधिवेशनमा १० वटै पालिकाका प्रतिनिधिहरु सहभागी थिए ।

अधिवेशनले इलाम बुद्धिचाल खेल विकास, विस्तार र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुर्वअध्यक्षहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरुमा संस्थापक एवं तेस्रो अधिवेशनबाट समेत निर्वाचित श्याम शाह, दोश्रो अधिवेशनबाट निर्वाचित डम्बरसिंह गदाल, चौथो अधिवेशनबाट निर्वाचित हाल नेपाल बुद्धिचाल महासंघ केन्द्रिय सदस्य दिपेन राई र पाँचौ र छैठौं अधिवेशनबाट निर्वाचित यामप्रसाद लिम्बू रहेका छ्न ।

अधिवेशन इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार