थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ संक्रमितको मृत्यु

  नयाँ बुलन्द
28 Shares

काठमाडौं : पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ९९३ सहित देशभर थप ३,४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २,१०४ जना संक्रमणमुक्त भएका छन्  ।

पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  मात्र ९९३ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार