किन भएन मदन भण्डारीको मृत्युको खोजी ?

  पुरुषोत्तम घिमिरे
63 Shares

मदन भण्डारीलाई नेपाली राजनीतिमा नचिन्ने सायद कमै होलान् । उहाँ २००९ साल असार १४ गते देवीप्र्रसाद भण्डारी र चन्द्र्र कुमारीको तेस्र्रो सन्तानका रूपमा जन्मनुभयो । ताप्लेजुङमा जन्मनु भएका भण्डारीको प्रारम्भिक शिक्षा आफ्नो जन्मथलोबाटै सुरु भयो । भण्डारी पढ्नमा तेज हुनुहुन्थियो । उहाँका बुबाले सुब्बाको सम्मान पाउनु भएको थियो । २०२३ सालमा गाउँको पढाइ सक्नुभयो । २०२४ सालमा उहाँको परिवार मोरङको इटहरा बसाइँ आयो । भण्डारी पढाइका क्रममा मथुरा जानुभयो । चार वर्षपछि देहेरादुन हुँदै वाराणसी पुग्नुभयो । २०३३ सालमा वाराणसी विश्वद्यिद्यालयबाट स्नातकोत्तर गर्नुभयो ।

२०२८ सालमा उनको भेट पुष्पलाल श्रेष्ठसँग भयो । देशमा पञ्चायती व्यावस्था थियो । दलहरूलाई प्रतिबन्ध थियो । स्वतन्त्रता थिएन । पुष्पलालसँग भेट भएपछि मदनको राजनीति यात्रा सुरु भयो । २०२९ सालमा पुष्पलालको राजनीतिक दलले जनवादी सांस्कृतिक मोर्चा गठन ग-यो । युद्धप्रसाद मिश्र त्यसको अध्यक्ष हुनु भयो भने महासचिव मोदनाथ प्रश्रित हुनुभयो । त्यसैगरी केन्द्रीय सदस्यमा स्वयं मदन भण्डारी हुनु भयो । २०३० सालमा भण्डारी पार्टीको आधिकारिक कार्यकर्ता हुनुभयो । २०३३ सालमा मुक्तिमोर्चा निमार्ण गरियो । पुष्पलालसँग विद्रोह गरेर मुक्तिमोर्चा गठन गरिएको थियो । २०३५ सालमा दुवैलाई एकीकरण गरेर नेकपा माले खोलियो । त्यसमा भण्डारी महासचिव बन्नुभयो ।

०३७ सालमा पार्टीको ७आंै अधिवेशनले उग्रवामपन्थी गल्तीहरू सच्याएर पञ्चायतविरुद्धको आन्दोलनमा लाग्ने निर्णय ग¥यो । पार्टीभित्रका महत्वपूर्ण सवाल र वैचारिक विचारहरूमा भण्डारीको सक्रिय सहभागिता रहेको थियो । आफ्नो सैद्धान्तिक र राजनीति नेतृत्व गर्नसक्ने क्षमताका कारण २०४१ सालमा भण्डारी तत्कालीन नेकपा मालेको पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभयो । २०४६ सालमा आयोजित नेकपा मालेको चौथो महाधिवेशनले मदनलाई महासचिवमा निर्वाचित ग¥यो । प्रजातन्त्र प्राप्तिका लागि संयुक्त वाममोर्चा गठन गर्नुभयो । २०४७ सालमा नेकपा माक्र्सवाद लेनिनवाद र नेकपा माक्र्सवादीबीच एकीकरण भई नेकपा एकीकृत माक्र्सवादी लेनिनवादी भन्ने नामकरण गरियो । यो पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा जननेता मदन भण्डारी रहनुभयो ।

२०४८ सालमा प्रतिनिधिसभाको निर्वाचन भयो । उक्त निर्वाचनमा काठमाडौं २ र ७ नम्बरबाट मदन भण्डारीले निर्वाचन लडे र दुवै ठाउँबाट जिते । जनमतबाट नेकपा एमाले दोस्रो ठूलो राजनीति पार्टी बन्न सफल भयो । उनले एमालेलाई जबजको सिद्धान्तमा अघि बढाए । २०४९ सालमा पार्टीको पाँचांै राष्ट्रिय महाधिवेशनले जबजको सिद्धान्तलाई आधिकारिक रूपमा स्वीकार ग¥यो र उहाँ पुन महासचिवमा निर्वाचित हुनु भएको थियो ।

आश्रित र भण्डारीको रहस्यमय निधन दासढुंगामा जिप दुर्घटनामा भयो । त्यतिबेला प्रधानमन्त्री गिराजाप्रसाद कोइराला हुनु हुन्थ्यो । कोइरालाले दासढुंगा घटना छानविनका लागि समिति बनाएर छानविन गर्नुभयो । तर, सत्यतथ्य बाहिर आउन सकेन । सो घटनाको एकमात्र जीवित साक्षी चालक अमर लामाको पनि माओवादीले हत्या गरे । हाल उहाँकै पार्टीको सरकार छ । उहाँकै धर्मपत्नी राष्ट्रपति हुनुहुन्छ । भण्डारीको हत्याको खोजविन हुनसकेको छैन । छोरीहरूले समेत यसतर्फ चासो राखेको पाइएको छैन । उहाँहरू सबै किन कानमा तेल हालेर बस्नु भएको छ ? सधै रहस्यमै राख्ने मदन भण्डारीको मृत्युलाई ? हिजो कांग्रेसको सरकारले खोजविन गरेन भन्ने नेकपा एमाले अहिले आफ्नो हातमा साँचो हँदा के हेरेर बसेको छ ? हरेक वर्ष जेठ ३ गते एकदिन भण्डारीलाई सम्झेमात्रै हुने हो ?

-हिमालय टाइम्सबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार