बुलन्द
नयाँबजार : इलामको माईजोगमाई गाउँपालिका अन्तरगत नयाँबजारमा रहेको लक्ष्मी लघुवित्तले स्थानीय मृतकका परिवारलाई विमा रकम हस्तान्तरण गरेको छ ।
लघुवित्तले स्वर्गीय विनोद मोदीकी पत्नी रेखा मोदीलाई विमा रकम स्वरुप दुई लाख २० हजार रुपैयाँ प्रदान गरेको हो । विमा रकम संस्थाका प्रमुख सतिसकुमार चौधरीले रेखालाई रकम हस्तान्तरण गरेका थिए ।
विनोद मोदीले व्यवसाय गर्नको लागि लिएको कर्जा अवधिमै उनको निधन भएकाले विमा रकम दिएको प्रमुख चौधरीले जानकारी दिए । ऋणीको कर्जा अवधिमै मृत्यु भएमा कर्जाको समेत विमा गरिने भएकाले कुनै घट्ना भए विमा रकम दिइने बताइएको छ ।



















































