जन्मदिनको अवसरमा पत्रकार तिमसिनाद्वारा अनाथलयमा स्वास्थ्य सामग्री सहयोग

  नयाँ बुलन्द
0 Shares

इलाम : कोरोना भाइरसको सक्रमण बढिरहेको अवस्थामा प्रेस संगठन इलामका अध्यक्ष सुजन तिमसिनाले बाल अनाथलयमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर इलाम नगरपालिका ९ स्थित गोलाखर्कमा रहेको बाअनाथलयमा स्वास्थ्य सामसग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष समेत रहेको पत्रकार तिमसिनाले बाल गृहका संचालन समितिका सचिव राजेन्द्र चौहानलाई सेनिटाइजर र माक्स वितरण गरेकाछन् । बालगृहमा काम बसिरहेका बालबालीकालाई कोरोना रोगको जोखिम नहोस् भनेर पत्रकार तिमसिनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा संचालक समितिका सचिव राजेन्द्र चौहानले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार तिमसिनाले आफुले प्रदान गरेको सामग्री पर्याप्त नभएपनि सहयोग जुटाउने अभियानको थालनी गरिएको बताए । बालगृहमा अहिले १६ जना बालबालीका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार