
कात्तिक : इलाममा कैदीद्धारा प्रहरीमाथि आक्रमण भएको छ । जबरजस्ति करणी उद्योगमा पक्राउ परेका पाँचथर फिदिम नगरपालिका १ का ४२ बर्षिय मणि शिबाले दुईजना प्रहरीमाथि ब्लेड प्रयोग गरेर शुक्रबार साँझ करिब साडे ५ बजे आक्रमण गरेका हुन् ।
झापाको बिएण्डसि अस्पतालबाट शिबालाई स्टोनको उपचार गरेर इलाम कारागारमा गाडीमा ल्याउने क्रममा उनले इलामनगरपालिका ९ भन्ज्याङमा प्रहरीमाथि आक्रमण गरेको कारागारका जेलर प्रदिप श्रेष्ठले जानकारी दिए । भञ्ज्याङ्गमा गाडि रोकेर शौच गर्न गएका शिबाले शौचालयबाट बाहिर निस्कने बित्तिकै प्रहरीमाथि प्रहरीमाथि आक्रमण गरेका हुन् । तीनजना प्रहरी गाडीमा रहेपनि उनले दुईजना प्रहरीमाथि आक्रमण गरेका हुन् ।
ब्लेड प्रहारबाट प्रहरी हवल्दार खगेन्द्र बाँस्तोलाको घाँटी र हातमा चोट लागेको छ भने प्रहरी जवान पूर्णबहादुर बिकको हातमा चोट लागेको इलामका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए । दुवै प्रहरीको इलाम अस्पतालमा उपचार भइरहेको छ ।
शिबाले प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । शिबा इलाम कारागारमा पाँच बर्षको कैद सजाय भुक्तान गरीरहेका थिए ।















































