
पाँचथर : मंसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा पाँचथरमा चुनावी सरगर्मी ह्वातै बढेको छ । विभिन्न चोक चोकमा,चिया पसल,होटल साँथीसँगीको हुलमा अहिले यहिँ चुनावको चर्चा परिचर्चा छ । दलहरु तथा तिनका उम्मेद्धवारहरु पनि अहिले आ आफ्ना उम्मेद्धवारलाई जिताउन घरदैलो अभियान,नागरिक सित भेटघाट अभियानलाई तिव्र अघि वढाएका छन् ।
यसैक्रममा पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिका वडा नम्बर १ मा पनि चुनावको सरगर्मी ह्वातै वढेको छ । सदरमुकामको वडा भएको हुँदा यो वडा वढि नै चर्चामा छ । अहिले दलहरुले उम्मेद्धवार उठाएर चुनावी प्रचार प्रसारको कामलाई तिव्र अघि वढाएका छन् । यसैक्रममा आज हामी चर्चा गर्देछौ,नेपाली काग्रेसका तर्फबाट उम्मेद्धवार बनेका फिदिम १ का वडासभापति शुभराज थापाको बारेमा ।
बुवा हर्क बहादुर र आमा चन्द्रमाँया थापाको कोख बाट पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ फिदिम बजारमै उनको जन्म वि.स. २०३२ साल असार १५ गते भएको हो । सानै उमेरदेखि चन्चले,हक्की स्वाभावका ब्यक्ति थापाको वाल्यकाल पनि फिदिम बजारमै वित्यो । उनी बजारमै रहेको नयाँ नमुना मावि बाट एस.एल.सी उर्तिण गरे । उनी वाल्यकाल्देखि नै राजनिती र समाजसेवामा झुकाव राख्द्थे ।
यसैक्रममा उनले नमुना माविमा अध्ययन गर्दे गर्दा ०४७ साल तिर नेविसंघ इकाई कमिटीको अध्यक्ष बनेर नेतृत्व लिइसकेका थिए । उनले मानवी संकाय विषयमा पाँचथर बहुमुखी क्याम्पसबाट स्नातक गरेका छन् ।
वाल्यकालदेखि नै राजनितीमा सक्रिय थापा क्याम्पसमा अध्ययन गर्ने क्रममा पनि राजनितीमा झनै सक्रियता वढाएको देखिन्छ । उनले सवै पाटीका विद्यार्थीहरुलाई मनाएर ०५३ सालमा पाँचथर बहुमुखी क्याम्पसको स्ववियू सभापति बने । प्रजातन्त्र र लोकतन्त्रलाई आत्मसाथ गरेका थापा नेपाली काग्रेसको यूवा दस्ता नेपाल तरुण दलको ५९ सालमा जिल्ला अध्यक्ष बने ।
त्यसपछि उनले पाटीकै तर्फबाट अघि वढ्ने क्रममा उद्योग वाणिज्य संघ पाँचथरमा १४ वर्ष काम गर्न सफल भए । शुरुवातमा वाणिज्य संघमा सदस्य बने भने पछि २ कार्यकाल अवधिभर उपाध्यक्ष र २ कार्यकाल वाणिज्य संघको अध्यक्ष जस्तो पदमा निर्वाचित भएर काम गरे । त्यतिबेला तत्कालिन नेकपा एमाले लगायत अन्य दलहरु सँग समीकरण बनाएर उठेका लिलानाथ निरौलालाई २ पटक सम्म पराजित गर्दे उनी अध्यक्ष बनेर छोडे ।
अप्ठ्यारो परिस्थितिमा पनि ब्यवसायीहरुको साथ समर्थन पाएर थापाले वाणिज्य संघमा भएको चुनाव जिते । अहिले पनि अप्ठ्यारो परिस्थितिमा पनि चुनाव लडेर विजय हासिल गर्न सक्ने क्षमता भएको ब्यक्तिको रुपमा थापालाई समाजले चित्रित गरेको पाइन्छ । उनले वाणिज्य संघमा नेतृत्व लिइँरहँदा उद्योगी,ब्यवसायीको हकहितमा मात्रै काम गरेनन्,सामाजिक कार्यमा पनि उत्तिकै काम गरे । उद्योग वाणिज्य संघको अध्यक्ष मात्रै भएनन् उनी पूर्वान्चल उवासंघको वरिष्ठ उपाध्यक्ष समेत बने । यस्तै उनले त्यहीँ पेरिफेरीको अवधिमा सुनगाभा क्लव पनि चलाए । यस्तै पाटीको १३ औ जिल्ला अधिवेशनमा उनी आमन्त्रित जिल्ला सदस्य भए ।
उनले निलकण्ड बोडिङ समेत संचालन गरेका थिए । त्यहीँ समयमा उनी जिल्ला शिक्षा समितीका सदस्य समेत बने । उहिले उनी फिदिम नगरपालिका वडा नम्बर १का वडा सभापति छन् । यसवेला उनलाई पाटीले वडाअध्यक्ष बन्नका लागि अघि सारेको छ । अहिले उनी जनता सित उनीहरुको पिर मर्को गुनासो सुन्न घरदैलो अभियानमा ब्यस्त छन् ।
उनलाई अब तपाई वडा अध्यक्ष उठ्दै गर्दा तपाईको मुख्य एजेण्डा के हो त ? भोली वडा अध्यक्षमा विजयी हुनु भयो भने यो वडालाई कस्तो बनाउनुहुन्छ भनेर सोधेका छौ ? उनी सित भएको संवाद ………..
उनले भनेका छन्,“ धेरै काम त गर्न नसकिएकाला तर जति गर्छु त्यो देखिने गरी काम गर्ने सोच बनाएको छु । अहिले सवैभन्दा वढि प्राथामिक्ता फिदिम वडा नम्बर १ ठूलो क्षेत्र भएको हुँदा विकट रहेका क्षेत्रलाई पनि उत्तिकै प्राथामिक्ता दिएर त्यस ठाउँको भौतिक पूर्वाधार विकाश मेरो सवैभन्दा पहिलो प्राथामिक्ता रहनेछ ।” वडा नम्बर १ को सवै शाखा,उपशाखा सडकहरु कालोपत्रे गर्न अथक प्रयास गर्नेछु,नभए पनि बाह्रैमास सडक संचालन गर्ने किसिमका सडकहरु बनाउनेछु, यस्तै बजार क्षेत्र बाहेक अन्य वडा गाउँको रुपमा रहेको हुँदा त्यो वडालाई वढि भन्दा वढि प्राथामिक्ता दिनेछु । त्यस ठाउँमा विधुतीकरण,खानेपानी,सिचाई,स्वास्थ्य,शिक्षा,पशुपालन,कृषि,पर्यटन,क्षेत्रलाई पहिलो प्राथामिक्ता दिनेछु । यस्तै युवायूवतीलाई लक्षित गरी रोजगार सिर्जना हुने किसिमका कार्यक्रमहरु ल्याउनेछु ।















































