
धनगढी : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भीम चौधरी निर्वाचित भएका छन् ।
विहीबार सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो । कैलालीमा भएको महाधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा किशोर तामाङ, महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा धनबहादुर कुश्मी, सचिवमा सुधराम दहित र रञ्जित लामा र कोषाध्यक्षमा बलराम चौधरी निर्वाचित भएका छन् ।
सदस्यहरुमा दिनेश चौधरी, सुमिरन चौधरी, नरेन्द्र चौधरी, हरि चौधरी निर्वाचित भएका छन् ।















































