नपाक्तै किवी बजारमा,किसानलाई प्रतिष्ठा गुम्ने चीन्ता

इलाम : पाक्ने छाँटकाँट नै नभएको किवी फल बजारमा छ्याप छ्याप्ती आउन थालेपछि इलामका किसान चिन्तित छन् । काँचो किवी विक्रि वितरण हुँदा यसले दिगो बजारमा असर गर्ने किसानहरुको भनाई छ । परिपक्व नभएको फल खानका लागि हानिकारक हुने र यसले किवी फल प्रति उपभोक्ताको आकर्षण घट्ने देखिन्छ । काँचो किवी खाँदा कोक्याउने अमिलो हुने , धेरै समय भण्डारण गर्दा चाउरिने तर मिठास नहुने किसानको भनाई छ ।

समय अगावै किवी टिपेर बजारमा आउन थालेपछि किवी जोन परियोजना र इलाम उद्योग बाणीज्य संघले सचेतना अभियान शुरु गरेको छ । रातो किवि फल भदौमा नै परिपक्व हुने यो फल विक्रि गर्न सकिने भएपनि हरियो किवी भने मंसीर पछि मात्र परिपक्व भएर पाक्ने भएकाले समय अगावै नटिप्न सुझाइएको छ ।

इलाम , पाँचथर र ताप्लेजुड.का केहि किसानले जानकारी अभावमा समय अगावै किवी बजारमा ल्याएका थिए । इलाममा रातो किवीका अलावा ब्रुनो, अलिसन , हेवार्ड जातका किवी लगाएको पाइन्छ । हवार्ड जातको किवी अन्य जातको भन्दा उच्च गुणस्तरको मानिन्छ । इलाममा किवी जोन परियोजना सचालन भएपछि गुणस्तर सुधार र बजारिकरणका काम हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार