
धरान : यहि मंसिर १४ गते हुने उप चुनाबमा धरानबाट स्वतन्त्र उम्मेदवारको लागि हर्क साङपाङले उम्मेदवारी दिने घोषणा गरेको छ।
आफ्नो उम्मेदवारी मेयर पदको लागि भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो । धरान छाताचोक स्थित जनसरोकार मंचको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । यसअघि पटकपटक जनप्रतिनिधि भनेर भोट दिएर जिताएको भन्दै तर ती जनप्रतिनिधिले जनताको पक्षमा कुनै काम नगरेको आरोप लगाए।जीवनको सुरक्षा नभएको, भ्रस्टाचार, अन्याय, सुशासन नभएकोले आफू यस्ता गतिविधि विरुद्ध धरान नगरपालिका गेट अगाडि कालो झण्डा बोकेर धर्ना बिरोध गरेको बताए।अब त्यसरी मात्र नहुने भन्दै यसपटकको उप चुनावमा आफ्नो उम्मेदवारी दिएको बताए ।
साङपाङले धरानले जनमुखी र दमदार नेता नेतृत्व नपाएकोले नै धरान पछि परेको बताए।धरानमा दलमुखी र इमान्दार बासिन्दा गरि दुई धारको नागरिक रहेको भन्दै दलको पछि नलागी आफ्नो इमान्दारीलाई भोट दिन आग्रह गरे।साथै आफू कुनै पनि राजनीतिक दलसँग आवद्ध नभएको दाबी गरे ।
उनले नेकपातर्फ इङ्गित गर्दै लौरो उठाउँदा पनि जित्छौ भन्नुको मतलब धराने जनतालाई भेंडा ठानेको भन्दै अब त्यसो नगरी दलिय जालो तोड्नुपर्नेमा उसको भनाइ थियो । संविधानमा नगरपालिकालाई पर्याप्त अधिकार दिएको भन्दै धरान नगरपालिकाले कर उठाउने अधिकार बाहेक अरु कार्यान्वयन नगरेको आरोप लगाए।आफू जितेपछि संविधानले दिएको सबै अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । जनताले सादगी नेतृत्व खोजेको भन्दै धराने जनता औषधि नपाएर बिरामी भैरहेको अवस्थामा मेयर ८० लाखको गाडी चढेको आरोप लगाए।भ्रमणको नाममा सिक्किम गएर लाखौ बजेट सिध्याएको आरोप लगाए।आफुले जितेको खन्डमा यस्ता महंगो गाडी नचढने प्रतिवद्द्ता जनाए ।
पत्रकार सम्मेलनमा उनले सुशासनको प्रत्याभूति,परिपुर्ति सेवासुबिधा सुधार,बिकास निर्माण सम्बन्धि दीर्घकालीन योजना र चलनको अन्त्य शिर्षकमा आगामी खाका पेश गरेका छन् ।
पत्रकार सम्मेलनमा जनसरोकार मंच धरानले हर्क साङ्पाङलाई समर्थन गर्दै धरानका बिषयमा सात बुँदेमा दुबै पक्षले सहमति गरि हस्ताक्षर गरेको छ ।
देशका रिक्त रहेका विभिन्न स्थानमा यहि मंसिर १४ गते उप चुनाब घोषणा गरेको छ।धरानमा मेयर तारा सुब्बा र वडा नम्बर ७ मा वडा अध्यक्षको निधनपछी रिक्त रहेका छन् ।















































